arrow

बेनीको बजारमा प्रकाशले मनपराए हजार (भिडियो)

राम गगन र कुमारी चेपाङको स्वरमा सजिएको उक्त सालैजु भाकालाई संगम डिजिटलले बजारमा ल्याएको छ

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
Beni.jpg.jpeg
काठमाडौं । बेनीको बजारमा मन पर्ने हजार भन्दै लोक गायक प्रकाश सपुत तथा साथिहरुले सालैजु भाकामा कम्मर मर्काएका छन् । राम गगन र कुमारी चेपाङको स्वरमा सजिएको उक्त सालैजु भाकालाई संगम डिजिटलले बजारमा ल्याएको छ । सागर बिरहीको एरेन्जमा तयार भएको उक्त सालैजु गितको शब्द पनि गायक राम गगनले नै लेखेका हुन् । 

आकाशको जुन छुन सकिन ,कानुन बमोजिम डिभोर्स दिईन्छ, तथा भन्न पो भाछैन जस्ता करिब एक दर्जन गितमा शब्द तथा स्वर दिएका गायक राम गगन बेनीको बजारमा मन पर्ने हजारले सफलता पाउनेमा आशाबादी छन् ।

म्याग्देली गायक राम गगन आफुलाई आफ्नो म्याग्दी जिल्लाको प्रकृतिले गाउन तथा सिर्जना गर्न उत्प्रेरणा दिने बताउदै पछिल्लो समयमा निस्केका सबै आफ्ना सृजनाहरु म्यादीकै हावा पानिले दिएको उत्प्रेरणाको उपज मान्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ