arrow

राप्रपाको मत केपी ओलीलाई 

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
CPNUML_RPP.png

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । 

पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आइतबार हुने मतदानमा समर्थन गर्ने भनिएको छ । 

सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिका लागि पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ । 

उक्त पार्टीको तर्फबाट प्रतिनिधिसभामा एक सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ