arrow

मधेसी मोर्चाका शीर्ष नेता पटनामा, लालु र नितिशसंग गुहार माग्दै

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
morcha-neta-new-photo-mujf.jpg.jpeg
काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु आन्दोलन बलियो बनाउन सहयोग माग्दै पटना पुगेका छन् । पटना पुगेका उनीहरुले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । मोर्चाका नेताहरुले अपरान्ह ४ बजे पटनामा महागठबन्धन गरेका राष्ट्रिय जनतादलका अध्यक्ष लालुप्रसाद यादव र जनतादल युनाईटेडका नितिश कुमारसंग भेट गर्ने कार्यक्रम रहेको सद्भावना सहमहामन्त्री देवेन्द्र यादवले हाम्राकुरालाई जानकारी दिए ।
 
आइतबार मुजफ्फरपुरमा मेधस आन्दोलनमा सहयोग गर्नेबारे अन्तरक्रिया गरेका मोर्चा नेताहरु आन्दोलन सशक्त बनाउने भन्दै भारतीय नेतालाई गुहार गर्न पुगेका हुन् । भेटका लागि मार्चाका चारै घटकका नेता पटना पुगेका हुन् । सद्भावना अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगिलाल राय भेट यात्रामा निस्किएका छन् । 
 
राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंसप्रसाद सिंहले सीमा क्षेत्रमा मधेस आन्दोलनलाई सहयोग गर्नेबारे कार्यक्रम गर्दै आएका छन् । सिंहकै योजनामा आइतबार मुजफ्फरपुर प्रेस क्लबमा अन्तरक्रिया भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ