arrow

लण्डनमा देखाइयो तुयुमती

पासापुच गुठी यूकेको आयोजनामा भएको कार्यक्रममा प्राध्यापक गेल्नरले नेवारी भाषामै शुभकामना दिए।

logo
दिनेश कुमार परियार, लण्डन
प्रकाशित २०७२ माघ १८ सोमबार
tuyumati-1.jpg.jpeg
नेवारी भाषामा बनेको चलचित्र ‘तुयुमती’को रेड कार्पेट प्रिमियर शो सम्पन्न भएको छ । आइतबार लन्डनको ह्यारोस्थित सफारी सिनेमा हलमा भएको प्रिमियर शोको उद्घाटन अक्सफोर्ड यूनिभर्सिटीका प्राध्यापक डेविड गेल्नरले गरेका थिए  । पासापुच गुठी यूकेको आयोजनामा भएको कार्यक्रममा प्राध्यापक गेल्नरले नेवारी भाषामै शुभकामना दिए।

फिल्मका अभिनेता एवं निर्देशक मनिष श्रेष्ठले आफुले ग्वारा नारायणको भूमिका राम्ररी निभाउन सकेको दर्शक प्रतिक्रियाले थप उत्साही बनाएको बताए । ‘ग्वारा लण्डनमा नेपाली अप्रवाशीको प्रतिनिधि पात्र हुन् ’ कलाकार  श्रेष्ठले भने ‘भाषा , साहित्य र संस्कृतिको उत्थान स्वदेश मै हुन्छ विदेश भ्रम हो भन्ने सन्देश चलचित्रले दिएको छ ।’

नेपाल र बेलायतमा छायांकन गरिएको उक्त फिल्म अनु श्रेष्ठ निर्मात्री, देवेन्द्र श्रेष्ठ र दीपक श्रेष्ठले निर्माण गरेका हुन् ।  तुयुमतिको बेलायत भाग निर्देशन मनिष श्रेष्ठ, छायांकन कुशल श्रेष्ठ र नेपाल भागको निर्देशन आरएम नकर्मी  एवं छायांकन राजु कार्कीले गरेका छन् । 

मनिष श्रेष्ठ र अर्नेश्वरी शिल्पकारी मुख्य भूमिकामा रहेको ‘तुयुमति’मा मदनकृष्ण श्रेष्ठ, राजेन्द्र खड्गी, हिसिला महर्जन, धिरेन शाक्य, सविन शाक्य, राजाराम पौडेल केहि चर्चित अनुहारहरु छन् । यसका अलावा ह्दयप्रसाद मिश्र, सुनिता सिंह, सुशील प्रजापति, विनोद चिपालु, दीपा शाक्य लगायत यूके र नेपालका कलाकारको अभिनय छ ।

कलाकार मनिष श्रेष्ठले ‘तुयुमति’ चलचित्र आगामी २८ फेब्रुअरीका दिन एसियन कम्युनिटी हल, प्लमस्टिडमा देखाइने जानकारी दिए । फिल्मको भाषा नेपाली हुने र अंग्रेजी सबटाइटल भएकाले जुनसुकै वर्ग र जातीले समेत हेर्न सक्ने कलाकार श्रेष्ठले बताए  । 

प्रिमियर शोमा पासापुच गुठी यूकेका संरक्षक तथा ब्यबसायी महन्थ श्रेष्ठले नेपाली संकृति जोगाउन चलचित्रले भूमिका खेल्ने बिश्वास ब्यक्त गरे ।   गुठीका अध्यक्ष कपिल श्रेष्ठले सहभागीहरुलाई स्वागत गरेका थिए ।  कार्यक्रममा नेपाली राजदूतावासका बाबुराजा डंगोल , यति एशोसियनका संयोजक उमेश मोक्तान , चलचित्र तिन घुम्तीका नायक ध्रुब दत्त , युवा उधमी मनिषा डंगोल श्रेष्ठ , एनआरएन यूकेका कोषाध्यक्ष दिपक श्रेष्ठ , संचारकर्मिहरु नबिन पोखरेल , ध्रुब अर्याल , शिब भण्डारी, जेनी भट्टराई लगायतको उपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ