arrow

प्रचण्डले भने–कति प्रधानमन्त्री बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ होला, ८ वटा त मैले बनाएँ

'सरकार सिधै एक्सनमा जानुपर्छ, जनताले भाषण हाेइन-परिणाम चाहेका छन्'

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
prachnd2.jpg

काठमाडौं । माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहालले कति प्रधानमन्त्री बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ होला भनेका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासकाे मत दिलाउँदै उनले भने, 'प्रधानमन्त्री कार्यालयमा बसेकाे बेलामा भित्तामा राखिएकाे प्रधानमन्त्रीहरुकाे रेकर्ड देखेपछि हिसाब गर्दा शान्ति सम्झाैतापछि मात्रै १० जना प्रधानमन्त्री भएछन् । यसाे हेर्दा ८ जना प्रधानमन्त्री त मैले नै बनाएँ छु । कुनै न कुनै रुपमा ८ वटा प्रधानमन्त्री बनाउने अवसर मलाई प्राप्त भएछ ।' दाहालले अगाडि भनेका छन्, 'यसाे साे‌ंचे कतिवटा प्रधानमन्नी बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ हाेला ।' उनले  यत्ति भन्दा सांसदहरु गलल हाँसे ।

उनले गिरिजा प्रसाद काेइरालाकाे नाम लिन भने छुटाएनन् । गिरिजाबाबु भने अर्कै अवस्थाबाट प्रधानमन्त्री हुनु भयाे । उहाँबाहेक अन्य ८ जना नेतालाई मैले नै प्रधानमन्त्रीको अफर गरेको हुँ, दाहालले भनेका छन् । 

सरकार सिधै एक्सनमा जानुपर्छ 

उनले कैलालीकाे घटनाकाे उदाहरण दिँदै अब सरकारले सिधै एक्सन लिनुपर्ने बताए । उनले भने, 'या अाठ वर्षीया बालिकामाथिकाे बलात्कार हाेस् । अथवा बाेक्सीकाे अाराेपमा कुटिएकाे घटना । यसमा यहाँबाट भाषण गरेर हुँदैन । सिधै एक्सन चाहिन्छ । त्याे अधिकार सरकारलाई प्राप्त छ । केन्द्र र प्रदेश दुवैले अब एक्सनमै जानुपर्छ ।

जनताले अब भाषण हाेइन सिधै परिणाम चाहेकाले, सरकार सिधै एक्सन चाहिन्छ, त्यसैकाे लागि हामीले मत पाएका हाैँ, दाहालले भनेका छन् ।

उनले भ्रष्टाचारबारे दृढभएर लाग्ने मन्त्री, सांसद र कर्मचारीलाई अाग्रह गरे । उनले भने, 'म विशेष जाेड दिएर भन्न चाहन्छु । अब एक्सनमै जाने हाे ।'

उनले इतिहासमै पहिलोपटक दुई तिहाइ बहुमतको सरकार बनेको र सरकारको हात बलियो रहेकाले भ्रष्टाचार नियन्त्रण गर्न दृढताका साथ कदम चाल्न अनुरोध गरे ।

अध्यक्ष दाहालले भने, ‘नेपाली जनताले वर्तमान सरकारप्रति ठूलो भरोसा गरेका छन् । राज्यका सबै अंगमा हुने गरेको ढिलासुस्तीका विरुद्ध कदम चाल्ने भरोसा गरेका छन् । जनताको भरोसालाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिअनुसार सरकारले दृढताका साथ काम गर्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक स्थिरता र सुशासन दिने ऐतिहासिक अवसर प्राप्त भएकाले जनताका सामु गरेको प्रतिबद्धता पूरा गरेरै छाडिने दृढता व्यक्त गरे ।

धेरै अप्ठ्यारा दिनहरु पार गरेर राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उनले नेपाली जनताका सामु गरेको वाचा अब भाषणमा होइन, कार्यान्वयनमा खोजेको प्रष्ट पारे ।

शान्ति प्रक्रियाका धेरै काम पूरा भएको र केही बाँकी रहेकाले त्यसलाई पनि पूर्णरुपमा कार्यान्वयन गरेर जानुपर्छ अध्यक्ष दाहालले भने । वर्तमान सरकार विगतको सरकारको निरन्तरता नभई नयाँ आधारमा स्थापना भएको सरकार भएकाले जनताका पक्षमा काम गर्नैपर्ने बाध्यता रहेको पनि दाहालले उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ