arrow

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले लिए विश्वासको मत

अव प्रदेश समृद्धिको यात्रा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २७ आइतबार
shankar-pokhrel.jpg

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

सत्तारुढ एमाले र माओवादी केन्द्रसंगै राष्ट्रिय जनमोर्चा,फोरमले पोखरेललाई समर्थन गरे । कांग्रेसका १८ मत पोखरेललाइ परेनन् । राजपाको एक सिट रहेपनि अहिले सम्म उक्त पार्टिका सभासदले सफथ ग्रहण समेत गरेका छैन्  ।

विश्वासको मत माग्ने क्रममा सम्वोधन गर्ने मुख्य मन्त्री पोखरेले तिन तहको सरकार मध्ये प्रदेश सरकार विधीबत रुपमा स्थापीत गर्ने क्रममा रहेकोले जनताले अनुभती गर्ने काम गर्ने बताए । उनले ५ नम्बर प्रदेश भौगोलिक दिष्टीकोणले आफ्नै बिषेशत रहेकोले समृद्धि बनाउनको लागि सम्भवानको रहेको बताए ।

उनले तराई ६ जिल्ला र पहाडका ६ जिल्ला रहेको ५ नम्बर प्रदेशमा समृद्धि बनाउको लागि केन्द्रीय सरकार , स्थानीय तह सगँको समन्यमा विकासका काम आगाडि बढाउने प्रतिवद्धता जनाए । प्रदेश सरकारले अल्पकालिन र दिर्धकालिन योजना सहित विकासको काम शुरु गर्ने बताए ।

उनले तराईका जिल्लाहरु उद्योगको केन्द्रको रुपमा रहेको ४ जिल्लाहरुलाई बिषेश ध्याने , सिचाईका आयोजनाहरु केन्द्रसरकारद्धरा संचालीत र नयाँ आयोजनाहरु थपेर तराईमा जिल्लाहरुमा अन्न भण्डार बनाउने , पहाडी जिल्लाहरु पर्यटन ,तथा कृषीका लागि विशेष योजनाहरु ल्याएर बिकास गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ