arrow

‘रेशम चौधरीलाई उपस्थित गराएको भए प्रधानमन्त्रीलाई समर्थन गर्न सजिलो हुन्थ्यो’

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
rajapa1.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा तत्काल सरकारमा नजाने भएको छ । प्रतिनिधिसभामा विश्वासको मत दिँदै राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद महिन्द्रराय यादवले राजपा अहिले सरकारमा नजाने बताएका हुन् ।

यादवले भने, ‘हामी सरकारलाई सहयोग गर्छौँ । अब दुई तिहाई पुगेको छ । प्रधानमन्त्रीले सबैलाई समेटेर लाने भए हाम्राे सहयोग र समर्थन रहन्छ ।’ राजपा सरकारमा जाँदैन, उनले भने, ‘संविधान संशोधनपछि सरकारमा जानेबारे सोचौँला । सरकारले हाम्रा माग सम्बोधन गर्नु पर्छ । अहिले हामीले सरकारमा जानेबारे सोचेका छैनौ।’

यादवले सांसद रेशम चौधरीलाई सरकारले संसदमा ल्याउन वातावरण बनाउन नसकेको गुनासो गरे । उनले भने, ‘सांसद रेशम चौधरी उपस्थित हुनु भएको भए मलाई प्रधानमन्त्रीलाई सहयोग गर्न सजिलो हुन्थ्यो । उहाँको स्वास्थ्यबारे पनि हामी सवेदनशील छौँ । हामी कानुनको पालना पनि गर्छौ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ