arrow

सीमाङ्कनमा चाँसो राख्ने भारतीय नेतासामु सैद्धान्तिक सहमतिको सूचना मात्रै चुहाएका छौं : दाहाल

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
pusp-kaml-dahal.jpg.jpeg
काठमाडौं । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय नेताहरुले सीमाङकनमा चाँसो देखाएको बताएका छन् । पार्टी मूख्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाहालले भारतीय नेताहरुले नेपालको राज्य पुनःसंरचनाबारे सिमाङ्कनमा चाँसो देखाएको तर, आफुहरुले सबै दलहरुबीच भएको सैद्धान्तिक सहमतिबारे मात्रै भारतीय नेताहरुलाई जानकारी गराएको बताए । 
 
यद्यपि, दलहरु र सरकारले गरेका अधिकांश निर्णयबारे भारतलाई पूर्ण ज्ञान छ । दाहालले भने, ‘अहिले संविधान संशोधन र संविधान कार्यान्वयनको उपयुक्त बाताबरण बनाउन लागि परेका छौं ।’ अहिलेको राजनीतिक घटनाक्रम यही हो । मधेसको समस्या समाधानबारे मधेसी मोर्चाका शीर्ष नेता महन्थ ठाकुरसंग गहन छलफल भएको बताउँदै दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्र सक्रिय रहेकाले चाँडै सहमति जुट्ने बताए । व्यवस्थापिका संसदको ठूलो पार्टी एवं प्रमुख विपक्षी कांग्रेससंग पनि विभिन्न विषयमा छलफल भइरहेकाले राष्ट्रिय एकताको वातावरण बन्दै गएको दाहालको भनाई छ । 
 
दाहाले भने, ‘कांग्रेस सभापतिसंग समेत कुरा भएको छ, अहिले उहाँहरु महाधिवेशनमा लागेकाले धेरै राष्ट्रिय सरकार गठनको विषयले महत्व पाउन सकेको छैन, अन्य सबै प्रबन्ध मिले उहाँहरुपनि महाधिवेशन अघिनै त्यसका लागि तयार हुनुहुन्छ ।’ राष्ट्रिय सरकार गठन भएपनि आफुलाई प्रधानमन्त्रीको लोभ नरहेको दाहाले सुनाए । 
 
कांग्रेस अधिवेशनका क्रममा मधेसमा भइरहेका घटनाक्रम रोक्न आफुहरुले संयुक्त मधेसी मोर्चाका नेताहरुलाई अनुरोध गरेको दाहाले सुनाए । दाहालले भनेका छन्, ‘संविधानतः जनताका विचमा जाने र आफ्ना विचार राख्ने कार्यक्रममा कसैले अबरोध गर्नु हुँदैन ।’ अधिवेशनमा सवैले सहयोग गर्नुपर्ने दाहालको धारणा छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ