arrow

मुख्य तीन दलका शीर्ष नेता र मोर्चाका नेता वार्तामा

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
barta-new-tin-dal-&-morcha.jpg.jpeg
काठमाडौं । प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाबीचको छलफल सुरु भएको छ । राज्य व्यवस्था समितिको कार्यालय, सिंहदरबारमा जारी छलफलमा प्रमुख तीन दलका शीर्ष नेता र तराईमधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायत सहभागि छन् । बैठकमा मधेस समस्या समाधानबारे छलफल भइरहेको छ । 
 
यसअघि, आइतबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मधेस समस्या समाधानबारे तीन दलका शीर्ष नेताले मोर्चासंग वार्ता गर्ने साझा धारणा बनाएका थिए । तराइमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार घटक मध्ये तीन घटकका शीर्ष नेताहरु आन्दोलनमा सहयोग गर्न गुहार माग्दै भारतको पटना पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ