arrow

सीके राउतको नेपाल विखण्डन दिवास्वप्न मात्र होः कर्ण

उनले भने,‘सिके राउत र हामीमा फरक छ । हामी विखण्डनको पक्षमा छैनौ ।’

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
leader.jpg.jpeg
काठमाडौ । नेपाल सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सिके राउतको मुलुक विखण्डन गर्ने दिवास्पप्न कुनै पनि हालतमा पुरा नहुने दावी गर्दै आफूहरु विखण्डनको पक्षमा नरहेको बताएका छन् । रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले भने,‘सिके राउत र हामीमा फरक छ । हामी विखण्डनको पक्षमा छैनौ ।’ कर्णले सरकारको अलोकतान्त्रिक चरित्रका कारण आफूहरु मधेसमा जारी आन्दोलन लामो समयसम्म जाने निष्कर्समा पुगेको भन्दै अब लामो समयसम्म चल्ने आन्दोलनलाई कसरी ब्यवस्थापन गर्ने भन्ने छलफलमा आफूहरु रहेको बताए । 

उनले भने,‘ भोली वा पर्सिसम्ममा मधेसी मोर्चाको बैठक बसेर नयाँ कार्यक्रम घोषणा हुन्छ । सबै नाका रोक्ने वा नाका छाडेर बाटोमा जाने वा बाटो छाडेर गाँउ छिर्ने भन्ने विकल्पमा छलफल हुन्छ ।’ कर्णले मधेसमा आन्दोलनरत विभिन्न समूहलाई समेटेर महागठबन्धन निर्माण गर्ने विषयमा छलफल भईरहेको भन्दै आगामी मोर्चाको बैठकबाट त्यसको स्वरुप तय हुने दावी गरे । 

उनले सरकार नै तस्कार र कालाबजारीले चलाईरहेको आरोप लगाउँदै नाका खुले पनि ६ महिनासम्म आपूर्ति सहज नहुने दावी गरे । कर्णले भने,‘ देश माफीयाबाट सञ्चालन भईरहेको छ । बीरगंजबाहेक सबै नाका सहज छन तर पनि अभाव छ । अहिले नै सहज भए माफीयाबाट लिएको पैसा फिर्ता गर्नु पर्छ त्यसैले नाका खुले पनि ६ महिनासम्म आपूर्ति सहज हुँदैन । मन्त्री परिषद माफीयाहरुले चलाईरहेका छन तर दोष चाँही मोर्चालाई दिन्छन । तस्करले चलाएको ठाँउमा नाकाबन्दीले केही असर पार्दैन ।’

बार्ता निष्कर्समा पुग्न लाग्दा सरकारले दमन गर्ने गरेकोले सरकारनै बार्ता सहमतिमा टु«गियोस भन्ने पक्षमा नरहेको आरोप लगाउँदै सरकार बार्ता गरेर दश दिन सुत्ने गरेकोले पनि सरकार बार्ता प्रति जिम्मेवार छैन भन्ने कुरा प्रष्ट भएको उनले बताए ।  प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा टिप्पणी गर्दै उनले भने,‘ भारत जानु प्रधानमन्त्री केपी शर्मा ओलीको सौभाग्य हो । जानुस भारतीय नेताहरुको दर्शन गरेर आउनुस ।’

नेपाली काग्रेसका नेता डा. नारायण खड्काले मधेसमा अलिकति पनि पहाडी भुभाग नजोड्ने कुरा अतिबादी सोच भएको भन्दै आर्थिक हिसावले पहाड र तराईको सम्बन्ध जोडिएकोले अब पहिचानमा आर्थिक सम्बन्धलाई खोज्नु पर्ने बताए । यसो नगरे मुलुक फेरि विद्रोहमा जाने उनको तर्क थियो । 

खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदको गरिमा राख्न नसकेको भन्दै मधेसी प्रधानमन्त्रीले विखण्डनकारी जस्तो शब्दको प्रयोग गरेर उत्तेजनात्मक अभिब्यक्ति दिन नहुने धारणा राखे ।  मधेसी मोर्चासँगको बार्ताको श्रृंखला काग्रेसले छिट्टै सुरु गर्ने जानकारी दिदै तराईमा भएको नाकाबन्दीले त्यहीका जनता पीडित भएकोले संसद र सिहदरवारमा शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिए । 

उनले समस्या समाधानको लागि मधेसी मोर्चालाई दुई प्रदेशको अडानमा पुनरावलोकन गर्न समेत सुझाव दिए । कालाबजारी र घुसखोरी ब्यवस्था गर्न सरकार गर्न असफल भएको, संविधान कार्यान्वयनमा संविधानको भावना अनुसार अघि बढन नसकेको भन्दै सरकार जिम्मेवार हुनु पर्ने सुझाव िदए ।  प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्ध् सामान्य बनाउने उद्देश्यसहित हुनु पर्ने भन्दै भारत र चीन भ्रमणपछि ९० प्रतिसत प्रधानमन्त्रीको काम सकिने बताए । 

नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले नाका नखुली प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्नुको कुनै अर्थ नहुने बताए । उनले भने,‘ नाका नखुली प्रधानमन्त्री भारत भ्रमणमा जानु हुन्छ, गएर पनि त्यसको कुनै अर्थ छैन । अविश्वास र नाकाबन्दी नहटी भारत जानु उपयूक्त हुँदैन ।’ यद्यपि उनले भारतले नेपाललाई बुझ्न गरेको गल्ती भएको स्विकार गरिसकेकोले प्रधानमन्त्रीको भारत भ्रमण अघि नै नाका खुल्ने विश्वास ब्यक्त गरे । 

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा ज्ञावलीले भारतले नेपालको सँगको यो लडाईबाट केही जित्न नसक्ने दावी गर्दै भुटान र म्यान्मार जस्ता निरकुंश मुलुकसँग सम्बन्ध राख्ने भारतले नेपालमा लोकतान्त्रिक संविधान जारी गर्दा नाकाबन्दी लगाउने जस्तो दोहोरो मापदण्ड अब धेरै दिन नचल्ने दावी गरे । 

उनले भने,‘ आफ्नो आगन वरिपरि आगो बालेर भारतको हित हुँदैन । भारतका नीति निर्माताहरु यो महसुस गरेर सम्बन्ध सुधार्न लागि परेका छन । हामी नेपालको हित चाहन्छौ । कसैको अहित गर्दैनौ । नेपालले आफ्नो हितको लागि काम गर्दा कसैले टाउको दुखाउनु पर्दैन ।’ज्ञावलीले प्रधानमन्त्रीले भारतको भ्रमणपछि चीनको भ्रमण गर्ने जानकारी दिदै चीन भ्रमणको बेला पेट्रोलियम पदार्थ खरिद सम्झौता, विप्पा, स्वतन्त्र ब्यापार र पारवहन सन्धीसहित केरुङसँग आउने रेलमार्गलाई काठमाडौ हुँदै पोखरा पुर्याउन र नेपालको जलविद्युतमा खुलेर सहयोग गर्न आग्रह गरिने बताए ।  उनले बार्ताबाट मधेस समस्या समाधान, कुटनीतिबाट भारतसँगको सम्बन्ध सामान्य बनाउने र अनुकुल परिस्थिति बनाएर पुनर्निमाण र आर्थिक विकास गर्ने सरकारको लक्ष्य भएको भन्दै अब विखण्डनकारीलाई मधेसमा खेल्न दिनु कसैको पनि हितमा नहुने तर्क गरे । 

ज्ञावलीले भने,‘ अझै आन्दोलन जारी राख्ने कि जनता विरोधमा उत्रन्छन कि अतिबादीलाई ठाँउ दिने कुरा हुन्छ । दुबै मोर्चाको हितमा छैन ।’ संघीयता एकै पटक कतै पनि समृद्ध नहुने बरु प्रयोगकै क्रममा समृद्ध हुदै जाने भन्दै यसलाई नमान्नु उचित नहुने तर्क उनले गरे । ज्ञावलीले तराईमा पहाड जोडन नहेन कुराले मुलुकलाई गरिबी तिर लैजाने भन्दै पहाड र तराईको आर्थिक सम्बन्ध बुझेर संघीयतालाई अघि बढाउनुृ पर्नेमा जोड दिए ।  एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा प्रभाकारले असामान्य स्थितिमा सरकारको निर्माण भएकोले सोही अनुसारको नीति तथा कार्यक्रम आवश्यक रहेको भन्दै अहिले नै सरकार सफल असफल भयो भनेर मुल्याङकन गर्न सक्ने अवस्था नरहेको बताए । 

उनले सरकार अहिले बार्ताबाट मधेस आन्दोलन समायोजन गर्ने र पुर्ननिर्माणको काम अघिबढाउने तिर केन्द्रीत हुनु पर्नेमा जोड दिदै संविधान कार्यान्वयनकोलागि संयन्त्र निर्माणमा जोड दिए ।  शर्माले मुलुकको राष्ट्रिय स्वाधिनतामा सचेत हुन आग्रह गर्दै तराईमा चलेको पृथकताबादी गतिविधितर्फ सचेत हुन सुझाव दिए ।  उनले काग्रेस पनि सरकारमा आउनु पर्ने भन्दै अहिलेकै सरकारमा काग्रेसलाई ल्याएर सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ