arrow

तिम्रो तारिफ गर्दैगर्दै

logo
दिपक अभिमन्यू
प्रकाशित २०७४ फागुन २८ सोमबार
dipak-abhimanyoo.jpg

काठमाडौं । गजलः तिम्रो तारिफ गर्दैगर्दै गजल लेख्नुको मजा बेग्लै 
नींदभरि सुन्दर सपनी तिम्रो देख्नुको मजा बेग्लै ।

हृदयमा देउतासरि पूजिकन राख्याछु तिमीलाई
छातीमा टाँसीकन अंगालोले छेक्नुको मजा बेग्लै ।

किन लाग्थ्यो र दुख तिम्रो पीडा आत्मसात गर्दा
तिम्रो खुशीको लागि काँडामा टेक्नुको मजा बेग्लै । 

यो मनले गरेको अपेक्षामा कुठाराघात भयो भने
त्यतिबेला आफ्नो घाँटी आफैले न्याक्नु मजा बेग्लै ।।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ