arrow

२८५ सिलिण्डर ग्याँससहित पूर्वप्रहरी निरिक्षक पक्राउ

प्रहरीले ग्याँससँगै डिपोका सञ्चालक राजेश भारतीलाई पनि पक्राउ गरेको छ ।

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
LPG_Gas_cylinders.jpg.jpeg
काठमाडौं । बजारमा ग्याँसको अभाव भईरहेको बेला नेपाल प्रहरीले बौद्धस्थित एक ग्याँस डिपोमा सोमबार छापा मारेर २८५ सिलिण्डर बरामद गरेको छ । प्रहरीले ग्याँससँगै डिपोका सञ्चालक राजेश भारतीलाई पनि पक्राउ गरेको छ । भारती सशस्त्र प्रहरीका पूर्व निरिक्षकसमेत हुन् । 

प्रहरीले भारतीले कालोबजारी गरेको सूचना पाएपछि अपराध महाशाखाको टोलीले त्यहाँ छापा मारेको थियो । प्रहरीले डिपोबाट २५८ सिलिण्डर गीता कम्पनिका र बाँकी सबै एसटीसी कम्पनिका सिलिण्डर बरामद गरेको थियो । सबै सिलिण्डर ग्याँस भरिएको प्रहरीले जनाएको छ । 



नयाँ