arrow

न्यूजिल्याण्डले आयरल्याण्डलाई ४ विकेटले हरायो

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
cricket-newziland.jpg.jpeg
एजेन्सी । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले आयरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको आयरल्याण्डले ४७ दशमलव ५ ओभर खेल्दै २ सय १२ रन मात्र जोड्न सक्यो । आयरल्याण्डका लागि ज्याक टेक्टर र एडम डेनिसनले क्रमश ५६ तथा ४६ रन बनाए भने विलियम म्याक्लिनटकले ३४ रनको योगदान गरे । बलिङमा नेपालका न्यूजिल्याण्डका रचिन राविन्द्र र जोस फिनेइले समान ३–३ विकेट चट्काए । 
 
२ सय १३ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले फिन एलेनको ९७ रनको योजदानमा ४० दशमलव १ ओभर खेल्दै ६ विकेट एमाएर जित हासिल गरेको हो । न्यूजिल्याण्डका लागि अर्का व्याट्सम्यान डेल फेलिपले ५८ रन बनाए । बलिङतर्फ आयरल्याण्डका रोरी एन्डर्सले ४ तथा फइच्र टकरले २ विकेट लिए । फिन एलेन खेलको म्यान अफ द म्याच भए । यस्तै, अर्को खेलमा अफगानिस्तानले क्यानाडालाई ४ विकेटले हराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ