arrow

स्याङजा काँग्रेसमा गोपालमान र कमल पँगेनीबीच पो देखियो प्रतिष्पर्धा

चुनावी महौलले तातियो स्याङजा

logo
श्रीकृष्ण सिग्देल।
प्रकाशित २०७२ माघ १८ सोमबार
kamal-pageni-gopalman-shrestha.jpg.jpeg
स्याङ्जा। नेपाली काँग्रेसको १३ औ महाधिवेसनका लागि स्याङ्जाका चार नगरका वडाहरु र नगरपालिका साथै ५३ गाविसमा अधिवेसन सम्पन्न भइसकेको छन्। कतिपय गाविस र वडाहरुमा निर्वाचन पद्धतीबाट प्रतिनिधि सहित सभापति छनोट भएका छन् भने नयाँ नगरपालिका रहेको भिरकोट नगरपालिकामा नगर सभापतिका लागि निर्वाचनबाट चुनिएका छन्। सभापति र प्रतिनिधिहरुमा आकाक्र्षीहरु धेरै भएपछि सहमतिको प्रयास नसुल्झिएपछि निर्वाचन पद्धतीबाट भएपनि जिल्लाका सबै ठाँउमा निर्वाचन सम्पन्न भएका छन्। 
 
तीन निर्वाचन क्षेत्र रहेको स्याङ्जामा करिव ९ हजार काँग्रेसका क्रियाशिल सदस्यता रहेका थिए। सबै प्रतिनिधि र सभापति छनोट भएपछि २२ गते हुने क्षेत्रिय अधिवेसनले अहिले स्याङ्जाको माहोल तातेको छ। २२ गते हुने क्षेत्रिय सभापति, सचिव, कोषाध्यक्ष र ८ क्षेत्रिय सदस्य पदको निर्वाचन हुने छ भने केन्द्रीय महाधिवेसनका लागि पनि सोही दिन निर्वाचन हुने छ। जसले जिल्लाको नेतृत्व र केन्द्रको नेतृत्व छनोट परिणामको आकडा निस्कने छ। 
 
अहिले क्षेत्रिय सभापतिका लागि र महाधिवेसन प्रतिनिधिका लागि नेताहरु क्षेत्रिय प्रतिनिधिलाई भेट्न गाँउ गाँउमा पुग्न थालेका छन्। अहिलेसम्म गाँउ नपुगेका नेताहरु गाँउमा पुग्न थालेपछि स्याङ्जामा क्षेत्रिय निर्वाचनले बल्ल तताएको छ। एक निर्वाचन क्षेत्रबाट खुला र समावेसी गरी ११ जना महाधिवेसन प्रतिनिधि चुनिने छन् भने क्षेत्रिय सभापति पदेन महाधिवेसन प्रतिनिधि हुनेछ। जसका लागि २२ गते मतदान हुदै छ। अहिलेसम्म जिल्ला सभापतिका लागि भोट माग्ने क्रम भने देखिएको छैन। जिल्ला सभापतिका लागि महाधिवेसन प्रतिनिधिमा निर्वाचित हुनुपर्ने काँग्रेसको विधान अनुरुप २२ गते हुने निर्वाचनले मात्रै जिल्ला सभापतिको टुङ्गो लाग्ने देखिन्छ। जिल्ला सभापति र महाधिवेसन प्रतिनिधिका लागि कसको पल्लाभारी हुनेछ त्यो भने हेर्न २२ गते नै कुर्नुपर्ने छ। 
 
सबै ठाँउमा निर्वाचन सम्पन्न भएपनि सबै नामावली आईनसकेको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले बताए। हामीले प्रयास गरेका छौं जिल्ला निर्वाचन अधिकृत अधिकारीले भने, “सोमवार बेलुकासम्म सबै नामावली संकलन गरेर मंगलवार सबै क्षेत्रिय कार्यालयमा पठाउने छौं। ”
 
तीन क्षेत्रका लागि क्षेत्रिय सभापतिका लागि उमेदवार घोषणा गरिएपनि सचिव र कोषाध्यक्षका लागि भने आधिकारीक घोषणा भएका छैनन्। क्षेत्र नं. १ मा क्षेत्रिय सभापतिका लागि वर्तमान सभापति तुलसी रेग्मी, दिर्घनारायण मरासीनी र श्रीराम उपाध्यायको नाम आएको छ। तीन जना उमेदवार मध्ये रेग्मी र मरासीनी देउवा पक्षका रुपमा चिनिन्छन् भने उपाध्याय संस्थापन पक्षका रुपमा चिनिन्छन्। २२ गते हुने निर्वाचनमा रेग्मी र उपाध्याय विच नै हुने अनुमान गरिएको छ। 
 
क्षेत्र नं. २ मा पनि वर्तमान सभापति केदार काफ्ले, पुर्व क्षेत्रीय सभापति लोकनाथ अर्याल र तरुणदल स्याङ्जाका पुर्व अध्यक्ष अर्जुनप्रकाश अर्यालले निर्वाचनमा उमेदवारी दिने बताइएको छ। केदार काफ्ले र लोकनाथ अर्यालबीच १२ औं महाधिवेसनमा पनि क्षेत्रिय सभापतिमा निर्वाचन भएको थियो। जसमा काफ्लेले अर्याललाई पराजित गरी क्षेत्रिय सभापतिमा निर्वाचित भएका थिए। अहिले पनि अर्जुनप्रकाश अर्याल र वर्तमान सभापति केदार काफ्ले वालिङ नगरपालिका वडा नं. ८ का वासिन्दा भएकाले एउटै वडाका व्यक्तिबीच निर्वाचन नहुने बताइएको छ। तर दुवै अर्याल देउवा पक्षका मानिन्छन् भने काफ्ले संस्थापन पक्षकारुपमा मानिन्छन्। लोकनाथ अर्याललाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले साथ दिने बताइएको छ भने अर्जुनप्रकाश अर्याललाई वर्तमान जिल्ला सभापति कमलप्रसाद पंगेनीले साथ दिने बताइएको छ। पंगेनी र श्रेष्ठ विचको सहमति भएमा लोकनाथ अर्यालनै निर्वाचनमा जान सक्ने आकल गरिएको छ । अहिले सम्म तिन जनाको नाम सार्वजनिक भएको छ। 
 
अर्कोतर्फ संस्थापनको बलियो रुपमा चिनिने क्षेत्र नं. ३ मा ५ जनाले क्षेत्रिय सभापतिमा भिड्ने बताइएको छ। धु्र्वशर्मा पंगेनी, गुरुप्रसाद भट्टराई, वर्तमान सभापति देवबहादुर खाँण, श्यामप्रसाद बस्याल र यामप्रसाद पाण्डेले धेरै अगाडी देखिनै क्षेत्रिय सभापतिमा चुनाव लड्ने घोषणा गरेका हुन्। तीन जना उमेदवार पंगेनी, भट्टराई र खाँण संस्थापनका रुपमा चिनिन्छन् भने पाण्डे देउवा पक्षका रुपमा चिनिदै आएका व्याक्ति हुन्। तर बस्याल कुनै गुटमा नदेखिएपनि देउवा पक्षसगँ केहि नजिक रहेका छन्। संस्थापन विचको मतमतान्तरले स्याङ्जा क्षेत्र नं. ३ भाडिदै आएकोले को को विच प्रतिस्पर्धा हुन्छ भन्ने विषय आँकलन गर्न सकिएको छैन। जिल्लामा अहिले सम्म गुट—उपगुटको खुलेर उमेदवारी बाहिर नआएपनि कोठे बिषयले भने चर्चा पाउन थालेको छ। २२ गते हुने क्षेत्रिय निर्वाचनले कुन रुपरेखा देखाउने छ त्यो भने त्यसै दिन थाहा हुनेछ। तीनवटै क्षेत्रमा महाधिवेसन प्रतिनिधिमा करिव एक सय जनामा भिडन्त हुने देखिएको छ। तर चुनिएका प्रतिनिधिहरुले भने गुट—उपगुटको राजनीति अन्त्य गर्ने नेतृत्व आउनपर्ने बताउदै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ