arrow

बिहार सत्तागठबन्धनले मोर्चा नेताको गुहार सुन्यो, जनसहभागिताको प्रतिवद्धता

लालु–नितिश र मधेसी मोर्चा नेता भेट

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
morcha-neta-bihar-bhet.jpg.jpeg
काठमाडौं । मधेसमा जारी आन्दोलनमा सहयोग माग्न बिहार पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुले राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवसंग भेट गरेका छन् । सोमबार बेलुकी भेटका क्रममा मोर्चा नेताले भारतीय नेतालाई दिल्लीलाई दबाब दिएर सहजिकरणको भूमिका निर्वाह गरिदिन आग्रह गरे । मंगलवार बिहान बिहारका मुख्यमन्त्री नितिश कुमारसँग भेट गर्नेछन्। 
 
जवाफमा बिहारको सत्तारुढ महागठबन्धनले आफुहरु जस्तो सुकै सहयोग गर्न तयार रहेको बचन दिएको छ । दुबै नेतासंग भेट भएको छ । उहाँहरुले मधेसको सत्याग्रहलाई सहयोग गर्ने बचन दिनु भएको छ । सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादवले हाम्राकुरासंग भने, ‘शान्पिूर्ण आन्दोलनका लागि सत्याग्रह छेड्ने जनजहभागिता लागि सहयोग गर्ने बचन दिनु भएको छ ।’ पहिलो चरणमा १० लाख भारतीयलाई मधेस उतार्ने मोर्चाको लक्ष्य अनुसार प्रतिवद्धता आएको सहमहामन्त्री यादवले बताए । 
 
किन मधेसका जनताले पत्याएनन् र ? 
यादवले भने शान्तिपूर्ण आन्दोलनमा धेरैको मृत्यु भयो । धेरै नाता कुटुम्ब स्तब्ध भए । जसले दुबैतर्फ पीडा छाएको छ । सत्याग्रह बलियो बनाउन मधेसका जनता अलावा भारतीय जनसहभागिता महत्वपूर्ण हुने र सरकारलाई दबाब पुग्ने हाम्रो विश्वास हो । हामीले साम्प्रदायिकता भड्काउन खोजेका हैनौं ।
 
पछिल्लो समय मधेस आन्दोलन फितलो हुँदै गएपछि मोर्चा नेताहरु महागठबन्धन र छिमेकीको सहयोगको दौडाहमा लागेका छन् । छिमेकीको सहयोग माग्न सद्भावना अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव,तराई मधेस लोकतान्त्रिक पार्टी सांसद जंगिलाल राय पटना पुगेका हुन् ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ