arrow

नारी देख्नै नहुने सारी देख्नै नहुने यौन पिपासु

logo
सोनी शर्मा,
प्रकाशित २०७४ फागुन २९ मंगलबार
soni-sharma.jpg

नारी देख्नै नहुने,सारी देख्नै नहुने 
तालको जालमा पाए ठिकै नपाए जवर्जस्ती 
होसियार तिम्रो वरिपरि पनि होलान। 

मानवता बन्धकी राखी राखी  
तिमीलाई निशाना बनाउन 
सर्वत्र घुमी रहेका यौन पिपाशु ।   

घरमा छोरीलाई मुटुको टुक्रा,लक्ष्मी मान्ने  
अरुका मुटुका टुक्रा लुछेर आनन्द लिने     
आफुलाई धर्तिको सुप्रिम ठान्नेहरु। 
 
प्यास मेटेर लान्छना लगाउने राक्षस  
लुटी सकेर, जुङ्गाको ताउ लगाउँदै 
विश्व युद्द जिते झैँ कुर्लदै छ रे धर्तीको बोझ। 
 
मौनता तोड, बोल, नसहनु रत्तिभर 
छेउ पर्न नदेउ पिपाशु काललाई
जाग अव जोगाउ छोरी चेलीको इज्जत। 

गर्जन सहित मिलाउ स्वरमा स्वर  
बहाना बनाई अत्याचार गर्नेको  
अन्त्यका लागि जाग नारी शक्ति जाग।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ