arrow

बलिउड फेरि शोकमा, रहेनन् नरेन्द्र झा

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
narendra-jha.jpg

काठमाडौं । बलिउड फेरि शोकमा परेको छ । श्रीदेवीको निधनपछि लगातार बलिउड शोकमा रहेको छ । 

सन् २०१८ मा श्रीदेवीपछि शम्मी आन्टी तथा बुधबार अभिनेता नरेन्द्र झा को निधन भएको हो । 

झाको बिहान ५ः१५ बजे मृत्यु भएको हो । 

मधुवनी जिल्लाका झा को ५५ वर्षको उमेरमै हृदयाघातका कारण मृत्यु भएको हो । 

‘कार्डियक अरेस्ट’ तेस्रो पटक भएको पनि बताइएको छ । तेस्रो पटकमा झाको मृत्यु नै भएको हो । 

पारिवारिक सूत्रलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले झाको मृत्यु वाडास्थित उनको फार्महाउसमा भएको हो । 

आफ्नो परिवार र रिस्तेदारहरु एकैसाथ समय बिताउन फार्ममा रहेका बेलामा झा को मृत्यु भएको हो । 

झा रितिका रोशनको ‘काविल’ र शाहरुख खानको ‘रईस’ जस्ता चलचित्रमा खेलेका थिए । 

झाको भारतीय चलचित्र सेन्सर बोर्डकी पूर्व सीइओ पंकजा ठाकुरसंग सन् २०१५ मा विवाह भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ