arrow

संविधानले सबैका अधिकारलाई सुनिश्चित गरेको छ– देउवा

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
Rss_Images_1454338231564_KRG-Ktm-Wheel-Chair-3.JPG.jpeg
काठमाडौं । नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले सिंहदरबार क्षेत्रलाई अपाङ्गमैत्री संरचना निर्माण गर्ने प्रयास भइरहेको बताएका हुन् । 
 
‘बोधिसत्व इन एक्सन’ नामक सामाजिक संस्थाले सोमबार आयोजना गरेको कार्यक्रममा उनले अपाङ्गता भएका मानिसको अधिकारलाई संरक्षण हुने गरी संविधान जारी गरिएको बताउँदै त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने नीति निर्माण चुनौतीपूर्ण रहेकाले सबैको दबाब र साथ सहयोगको खाँचो औँल्याए । 
 
सांसद देउवाले अपाङ्गता भएका मानिसलाई अझै पनि घर तथा समाजमा लुकाउने चलन रहेकाले उनीहरुको प्रतिभा प्रस्फुटन गर्न उनीहरुलाई समाजमा पुनःस्थापना गरी व्यावसायिक ज्ञान तथा सीप प्रदान गर्नुपर्नेमा जोड दिए ।
 
राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका परियोजना प्रमुख सुगम भट्टराईले अपाङ्गता भएका मानिसलाई हिँडडुल गर्न सहयोग गर्ने उद्देश्यले उनीहरुलाई आफ्नो संस्थाले विभिन्न समयमा ह्विल चियर वितरण तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए ।अधिकारकर्मी चूडामणि पौडेलले अपाङ्गता भएका मानिसलाई सार्वजनिक यातायातको प्रयोगमा तथा सार्वजनिकस्थलमा आवतजावत गर्न सहयोग गर्नुपर्ने बताए । 
 
बोधिसत्वका परियोजना व्यवस्थापक नवाङ छिरी शेर्पाले अपाङ्गता भएका ४२ जनालाई ह्विल चियर वितरण गरिएको जानकारी दिनुभयो । अपाङ्गता क्षेत्रमा क्रियाशील छविरमण पोखरेलले अबका संरचना अपाङ्गमैत्री निर्माण हुनुपर्नेमा जोड दिए । 



नयाँ