arrow

म स्वर्गीय डाक्टर 

logo
स्वस्तिका ढकाल
प्रकाशित २०७४ चैत १ बिहिबार
swastika-dhakal.jpg

डाक्टर बन्न उडान भर्न घरबाट निस्कदा
ॠण खोजी ल्याएको पैसा थमाउदै
खुसिले प्रफुल्ल हुँदै बिदा गरेका
ती आमा बुबाका हातहरु 
सायद, यतिबेला काप्दै होलान
मेरो डडेको शरीर छुन खोज्दै
एयरपोर्टमा मलाइ देख्न आतुर आखाहरु
अहिले मेरो अघि चिम्म भएका छन
सायद, आगोको रापमा रापिएको
मेरो शरीर हेर्ने सामर्थ्य जुटेन ती आखामा
सेतो पोसाकमा सजिएर
अरुको ज्यान बचाउन
सक्षम बनेर फर्के सोचेथे
तर
आज हारे आफू आफैसँग
अरुलाइ बचाउन सक्षम यो सिपले
काललाइ छल्दै आफुलाइ बचाउन सिकाएन
मलाइ माफ गरिदिनु बाबा
तिमिलाइ ॠणको भारी बोकाएर 
बुढेसकालमा सहाराको आश देखाएर
म कहिल्यै नबिउझने गरि निदाए
लाग्छ, भगवानलाई
मेरो नामको अघि स्व. थप्नु रैछ 
सायद तेसैले त होला
डा लेख्ने तिम्रो सपना बाबा
मात्र सपनामै सिमित रहे।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ