arrow

प्लास्टिकको बन्द बोतलको पानी खानुहुन्छ ? सावधान ! तपाईको स्वास्थ्य संकटमा छ

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
mineral-water.jpg

न्यूयोर्क । के तपाईँ पनि बन्द बोतलमा भरेर राखिएको पानी नियमित खाने गर्नु भएको छ ? यदी छ भने तपाईको स्वास्थ्यमाथि पनि जुनसुकै बेला खतराहुन सक्ने चेतावनी एक अध्ययनले दिएको छ । पछिल्लो समय एक अमेरिकी अध्ययनले देखाएको रिपोर्ट अनुसार ९० प्रतिशत बोतलमा बन्द गरेर राखिएको पानीमा मानिसको शरीरमा गम्भीर हानिकारक तत्व हुन्छ । जसले मानिसको शरीरमा हानिकारक पदार्थ शरीर भित्र प्रवेश गराईदिन्छ । 

दुनियाका कैंयौं देशमा विक्रीमा राखिने बन्द बोतलको पानीलाई स्याम्पलको रुपमा लिएर अध्ययन गर्दा ९० प्रतिशत भन्दा बढी पानीमा शरीरको लागि हानिकारक बस्तु हुने गरेको भेटिएको हो । स्टेट यूनिभर्सिटी अफ न्यू योर्कका शोधकर्ताहरुले अमेरिकामा २७ भिन्न भिन्न स्थानका २ सय ५९ वटा बोतलको अध्ययन गरेका थिए । ल्याबरेटरी जाँचमा ९० प्रतिशत भन्दा बढी बन्द बोतलको पानीमा माइक्रोप्लास्टिक पाईएको हो । 

रिसर्चको स्पेक्ट्रोस्कोपिक जाँचमा एक लिटर बोतल बन्द पानीमा औसतन १० दशमलव ४ माइक्रोप्लास्टिक कण भेटिने गरेको छ । यसरी बोतलमा बन्द गरिएको पानीमा पोलीप्रोपलीन, नाइलन तथा पोलिथिलीन टेरेफ्थेलेट जस्ता तत्व भेटिने गरेको छ । अध्ययनमा भनिएको छ कि जो व्यक्ति एक दिनमा एक लिटर बन्द बोतलको पानी पिउँछ उसको शरीरमा प्रतिवर्ष प्लास्टिकको १० हजारसम्म सूक्ष्म कण ग्रहण गर्ने गरेका छन् 

विश्वमा बोतलको पानीको व्यापार १४७ अर्ब डलर प्रति वर्षको व्यापार हुने गरेको छ । यो व्यापार विश्वको सबैभन्दा तीब्र रुपमा बढेको व्यापार पनि हो । शोधकर्ता अझै पनि यो प्लाष्टिकजन्य पदार्थले मानव शरीरमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा खोजीमै छन् । बोतलको बन्द पानीमा प्लास्टिकको अदृश्य कणदेख्नको लागि शोधकर्ताहरुले विशेष डाई तथा नीलो प्रकाशको प्रयोग गरेका थिए । शोधकर्ताले शोधका क्रममा त्यस्ता पानीहरुमा १०० माइक्रोन्स तथा ६ दशमलव ५ माइक्रोन्सको आकारका दूषित कणको पहचान गरिएको छ ।
एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ