arrow

उपसभामुखमा एमालेकी तुम्बाहाङफे निर्वाचित

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
tumhamfe1.JPG

काठमाडौँ ।  नेकपा एमाले नेतृ शिवमाया तुम्बाहाङफे प्रतिनिधिसभाको उपसभामुख पदमा  निर्वाचित भएकी  छन् । उनि २ सय एक मत ल्याएर निर्वाचित भएकी हुन् । उनको विपक्षमा ५८ मत झरेको थियो ।  

तुम्बाहाङफेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले प्रस्ताव प्रस्तुत गरेका थिए । भने गुरुङको प्रस्तावमा नेकपा एमालेका रवीन्द्रप्रसाद अधिकारी समर्थन गरेका थिए ।

यो भन्द पहिले नेपाली काँग्रेसका पुष्पा भुसालले ६१ मत ल्याएकी थिइन् ।  भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेपाली काँग्रेसका डिला संग्रौला (पन्त)ले प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ