arrow

नुवाकोट काँग्रेसको क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधीमा को को लड्दैछन?

भिडन्त केसी र महतकै

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
mahat-tamang-kc.jpg.jpeg
नुवाकोट। नेपाली काँग्रेसको १३ औं महाधिबेसनको सन्दर्भमा नुवाकोटका ६१ वटै गाउँ विकास समिति र नगरपालिकाको अधिबेसन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। १२ औं महाधिबेसनकै सदस्यताका आधारमा अधिबेसन भएकाले अधिकांस ईकाईहरुमा पुरानै नेतृत्व दोहोरिएको पाईएको छ भने स्पष्टै दुई खेमामा विभक्त भएर धेरै स्थानमा निर्वाचनवाटै नेतृत्व चयन समेत गरिएको छ।
 
नुवाकोट काँग्रेसका स्थानीय अधिबेसनहरुमा स्थानीय आवश्यकता भन्दा पनि नेताहरुसंगको सामिप्यतामा रहेकाहरुले नेतृत्वमा आफूलाई स्थापित गराएका छन्। केन्द्रमा जस्तोसुकै गुटगत संरचना भएपनि नुवाकोटमा भने केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य रामशरण महत पक्षका वीच प्रतिष्पर्धा भएको छ। विगतका अधिबेसनहरुमा जस्तै प्रतिष्पर्धा भएपनि यसपटक निवर्तमान सभापति धु्र्व अधिकारीले केसी पक्षलाई खुलेरै समर्थन गरेका छन् भने केन्द्रमा संस्थापन पक्षका हस्ती मानिने डाक्टर रामशरण महतलाई देउवा पक्षका योजनाकार समेत मानिने केन्द्रीय सदस्य प्रकाशशरण महत र साँसद वहादुरसिंह लामाको स्पष्ट साथ रहेको छ।
 
विश्लेषकहरुका अनुसार समिकरण जे जस्तो भएपनि यसपटक पनि नुवाकोटमा केसी पक्षकै वर्चश्व स्थापित हुने निश्चित प्राय छ। विगतकै सदस्यतामा भएको स्थानीय ईकाईहरुको अधिबेशनमा पहिलेको भन्दा धेरै स्थानमा केसी समर्थकहरु नेतृत्वमा आएका छन् भने विगतमा वर्चश्व रहेको धेरै स्थानमा महत पक्ष रक्षात्मक अवस्थामा रहन पुगेको छ। मदानपुर लगायतका केही स्थानमा सही नेतृत्व चयन गर्न नसक्दा केसी पक्षले आफ्नो वर्चश्व गुमाएपनि समग्रमा यसपटक पनि जिल्ला नेतृत्व केसी समूहकै हातमा पुग्ने अनुमान गरिएको छ।
 
को–को लड्दैछन् क्षेत्रमा ?
स्थानीय ईकाईहरुको अधिबेसन सम्पन्न भईसकेपछि अव सबैको ध्यान शुक्रवार हुने क्षेत्रीय अधिबेसनहरुमा केन्द्रीत भएको छ। अघिल्लो अधिबेसनमा क्षेत्र नम्वर एकमा मात्र स्पष्ट विजय पाएको केसी समूह यसपटक तीनवटै क्षेत्रको नेतृत्व आफ्नो कव्जामा ल्याउने रणनीतिमा लागेको छ भने महत पक्ष क्षेत्रीय अधिबेसनवाट बढी भन्दा बढी महाधिबेसन प्रतिनिधीहरु समेत जिताउने रणनीति सहित अगाडि वढेको छ।
 
केसी समूहवाट यसपटक क्षेत्र नम्वर १ मा वर्तमान सभापति गोविन्दप्रसाद थपलियाले नै प्रतिष्पर्धा गर्ने भएका छन्। सो समूहवाट वर्तमान सचिव शिवप्रसाद दाहाल, पूर्व क्षेत्रीय अध्यक्ष अर्जुन नेपाल समेतले ईच्छा जाहेर गरेपनि अन्ततः थपलियानै उमेदवार हुने केसी निकट स्रोतले जनाएको छ। यता महत पक्षले भने तरुण दलका अध्यक्ष अर्जुन न्यौपानेलाई नै अघि सार्ने संभावना देखिएको छ।
 
यसैगरी क्षेत्र नम्वर १ वाट महाधिबेसन प्रतिनिधीहरुमा केसी पक्षले जगदीश्वरनरसिंह केसी, पद्मराज पौडेल, प्रतापसिं लामा, दिपक लामा, वद्री पाठक, सीता मिजार, हिरा पाण्डे, रामकृष्ण श्रेष्ठ, सिताराम आचार्य, विष्णु गुरुङ, विष्णुमणि मुडवरी, जयराम दाहाल, राम तामाङ मध्येवाट उमेदवार वनाउने तयारी गरेको छ भने महत पक्षवाट वावुकाजी पाठक, कृष्ण लामा, रामकृष्ण थापा, यादव पाठक, एसके नेपाल, बैकुण्ठबहादुर पाण्डे उमेदवार वन्ने प्रवल संभावना रहेको छ।
 
यसैगरी क्षेत्र नम्वर २ को क्षेत्रीय सभापतिमा केसी पक्षले उपेन्द्र कुईकेललाई उमेदवार वनाउने तयारी गरेको छ भने महत पक्षवाट वर्तमान सभापति धु्र्व श्रेष्ठ, सचिव रामजी पौडेल र शिव अधिकारी मध्ये एकजना उमेदवार वन्नेछन्। क्षेत्र नम्वर दुईवाट महाधिबेसन प्रतिनिधीहरुमा केसी पक्षवाट ईन्द्रबहादुर पाण्डे, डाक्टर केदारनरसिंह केसी, कृष्ण कुईकेल, विषम रिमाल, यमबहादुर थापा, रामचन्द्र खनाल, रामप्रसाद उप्रेती, होम्सराज गिरी, द्रोणप्रसाद भण्डारी, ईश्वरी उप्रेती र दूर्गा थापा मध्ये उमेदवार वन्नेछन् भने महत पक्षवाट रमेश महत, वीना महत, डिल्लीप्रसाद ढकाल, रामेश्वर थापा, रमा उप्रेती, विनोद शाह, प्रमोद रिमाल, कल्पना नेपाली लगायतले उमेद्वारी दिने भएका छन्।
 
यसैगरी क्षेत्र नम्वर ३ को सभापतिमा महत पक्षले वर्तमान सभापति जगतबहादुर तामाङकै निरन्तरता चाहिरहेको छ भने केसी पक्षमा आकाँक्षीहरु धेरै देखिएका छन्। केसी पक्षवाट सुरेन्द्रराज अधिकारी, राजकुमार भट्टराई, धनसिं तामाङ, केशव अर्याल, रुपबहादुर तमाङ, सोमप्रसाद पाण्डेले ईच्छा जाहेर गरेका छन्। क्षेत्र नम्वर ३ को महाधिबेसन प्रतिनिधीमा केसी पक्षवाट धु्र्व अधिकारी, मोहनबहादुर खड्का, विन्दा अर्याल, सुरथबहादुर चित्रकार, वसन्तजंग ठकूरी, हरिलाल श्रेष्ठ, भरत खड्का, मायादेवी न्यौपाने, फैसिङ तामाङ, श्रीप्रसाद सापकोटा, लक्ष्मण श्रेष्ठ, राजु थापा मध्येवाट उमेदवार हुने निश्चित छ भने महत पक्षवाट बहादुरसिं लामा, चोकराज शाक्य, श्रीराम श्रेष्ठ, विष्णु आचार्य, रामप्रसाद जोशी, लालीमाया तामाङ, च्याउकीमाया तामाङ, गरबहादुर तामाङ, हरिकृष्ण श्रेष्ठ, वासु सापकोटा लगायतको उमेदवारी पर्ने भएको छ। यद्यपी केसी पक्षले भने विगतको अधिबेसनमा भएको पराजयको समिक्षा गर्दे उमेद्वारी तय गर्ने र काँग्रेस नेता अर्जुननरसिंह केसीले महामन्त्रीमा उमेदवारी दिने भएकाले जित्न सक्नेलाई मात्र महाधिबेशन प्रतिनिधीको उमेदवार वनाउने तयारी गरिरहेका छन्।
 
ट्रेड युनियनका दुई उमेदवार
काँग्रेसको क्षेत्रीय अधिबेसन मार्फत मजदुरहरुका मुद्धाहरु स्थापित गर्ने उद्धेश्यले दुईजनाले उमेदवारी दिने भएका छन्। विगतमा काँग्रेस सभापति सुशील कोईराला र ट्रेड युनियन काँग्रेसका तत्कालीन अध्यक्ष लक्ष्मण वस्नेत वीच भएको सहमति कार्यान्वयनका लागि पार्टीलाई दवाव दिने उद्धेश्यले नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले क्षेत्र नम्वर १ वाट र शिक्षक संघकी केन्द्रीय सदस्य नीलम उप्रेतीले क्षेत्र नम्वर २ वाट महाधिबेसन प्रतिनिधीमा उमेद्वारी दिने भएका छन्। देवकोटा जिलिङवाट र उप्रेती खरानीटारवाट क्षेत्रीय अधिबेसन प्रतिनिधी चुनिएका छन्। विगतको महाधिबेसनमा पनि ट्रेड युनियनको प्रतिनिधीतत्व भएको र नुवाकोटका सबे केन्द्रीय नेताहर मजदुरको समस्या बुझने भएका कारण पनि मजदरहरुको प्रतिनिधीत्व निश्चित रहेको ट्रेड युनियनका उपाध्यक्ष किरण अधिकारीले वताए। अधिकारीका अनुसार ट्रेड युनियनका १२ वटा आवद्ध संघमा रहेका अधिकाँश सदस्यहरुले क्षेत्रीय अधिबेसनमा मतदान गर्ने हैसियत राखेका छन्।



नयाँ