arrow

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

logo
प्रकाशित २०७४ चैत ३ शनिबार
parliament_of_nepal.png

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको छ ।

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि आज ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ ।

निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्छिन् ।

संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ ।  राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसकेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ