arrow

लुम्बिनी विश्वविद्यालयका डिन बज्राचार्यको निधन

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
bhadraratna-bajracharya.jpg

काठमाडौं । लुम्बिनी विश्वविद्यालयका डिन डा भद्ररत्न बज्राचार्यको निधन भएको छ । 

उनको शनिबार राति ह्दयाघातले निधन भएको हो । 

त्रिविविका प्राध्यापक सुरेन्द्रमान बज्राचार्यले भद्ररत्नको निधन पुष्टि गर्दै भने, शनिबार राति १२ बजेतिर उहाँको लुम्बिनीमा निधन भयो ।’

शुक्रबारमात्रै उनीसंग कुराकानी भएको र पहिलेदेखि मुटुको रोगी भएकाले सामान्य ज्वरो समेत आएको उनले जानकारी दिए । 

भद्ररत्नलाई चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए । शुक्रबार उनको रक्तचाप सामान्य थियो । 

उनी इतिहासविद् पनि हुन् । 

विद्धान बज्राचार्यले ‘बहादुर शाह’ को विषयमा पीएचडी गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ