arrow

राष्ट्रियसभाको उपाध्यक्ष चुन्न मतदान हुँदै 

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
sanghiya-samsad.png

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष चुन्न आइतबार दिउँसो मतदान हुँदैछ । राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली काँग्रेसकी वृन्दादेवी आले राना उपाध्यक्षको उम्मेद्वार रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताएका छन् । 

चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् । दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले उनी राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित हुने पक्का जस्तै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ