arrow

बायर्न प्रशिक्षक पेप ग्वार्डियोला अब म्यानचेस्टर सिटीमा

बार्सिलोनाका स्टार खेलाडी म्यान्चेस्टर सिटी ओइरीन सक्ने

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
Gurdiola.jpg.jpeg

एजेन्सी । इङ्गलिश क्लब म्यानचेस्टर सिटीले पेप ग्वार्डियोलालाई आगामी सिजनका लागि प्रशिक्षकको जिम्मेवारी दिने भएको छ । ४५ वर्षिय ग्वार्डियोला तीन वर्षका लागि सम्झौता गर्न सहमत भएका छन् । ग्यार्डियोलाले आगामी सिजन देखि म्यानचेस्टर सिटीको प्रशिक्षक बन्न सम्झौता गरेको म्यानचेस्टर सिटीले वक्तव्यमार्फत जनाएको छ । जर्मन क्लव बायर्न म्युनिखका प्रशिक्षक रहेका ग्वार्डियोलाले अघिल्लो महिना बायर्न छाड्ने घोषणा गरेका थिए ।

बायर्न छाड्ने घोषणा गरे लगत्तै ग्वार्डियोलालाई आफ्नो क्लबमा अनुबन्ध गर्न इङ्गल्याण्डका शीर्ष क्लबहरुको होड नै चलेको थियो । आगामी जुन ३० मा म्यान्सिटी प्रशिक्षक म्यानुएल पेलेग्रिनीको करार अवधि सकिने भएपछि पेप ग्वार्डियोला तीन वर्ष सिटीको प्रशिक्षणको जिम्मेवारी लिनेगरी सिटी छिर्दै छन् । ६२ वर्षिय पेलेग्रिनीले सिटीको घोषणालाई पूर्ण रुपमा समर्थन गरेका बताइएको छ ।

Manuel Pellegrini confirmed he would be leaving Manchester City during a press conference on Monday

स्पेनका ग्वार्डियोलाले यसअघि बार्सिलोना सम्हालि सकेकाले सिटीसंगको सम्झौताले बार्सिलोनाका केही स्टार खेलाडी म्यानचेस्टर सिटीमा जान सक्ने अड्कल धेरैको छ । यस्तै, यो सिजन प्रिमियर लिगमा पछारिएका टोलीहरुले खेलाडी किनबेचमा बढी चाँसो राखेपनि उत्कृष्ठ खेलाडी पाउने सम्भावना निकै कम छ ।
 

ग्वार्डियोला राज
तीन ला लिगा उपाधि र दुई च्याम्पियन्स लिग सहित चार वर्षमा १४ ट्रफी दिलाउने बार्सिलोना सफल प्रशिक्षक ।

२०१३ मा बायर्न म्यूनिखमा आबद्ध हुँदा च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कप गरेर तीन उपाधि ब्रेक गरे ।

बायर्नमा रहँदा उनले दुई सिजन लिग जिताए । उनले भनेका छन्,‘जर्मन क्लबलाई च्याम्पियन्स लिग जित्ने मौका फेरि पनि छ, दुई पटक सेमिफाइनमा हारेर बाहिर भएको थियो, यो सुधार गर्ने मौका छ ।’

Guardiola features in our mocked-up 'Welcome to Manchester' poster after agreeing to become City boss
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ