arrow

बरिष्ठ गायिका कमला श्रेष्ठको मृत्युको कारण हृदयघातः अन्तेष्टीको टुंगो लागेन 

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
kamala.jpg

काठमाडौं । सोमबार निधन भएकी बरिष्ठ गायिका कमला श्रेष्ठको अन्तेष्टिको टुंगो लाग्न सकेको छैन । गायिका कमला श्रेष्ठ स्थापितको  ६९ वर्षको उमेरमा हृदयघातका कारण शहीद गंगालाल राष्टिय ह्दय केन्द्रमा  निधन भएको हो ।

उनको अन्त्यष्टी जापान गएका छोरा फर्केपछि मात्रै गर्ने भएकाले अहिले टुंगो नलागेको राष्ट्रिय नाचघरले जनाएको छ । श्रेष्ठका तीन छोरामध्ये एक छोरा जापानमा छन् ।विसं २०२६ सालमा तारारत्न स्थापितसँग वैवाहिक जीवनमा बाँधिएकी कमलाका उदय, विनय र बबिन गरी तीन छोरा छन् ।

गायिका श्रेष्ठ, २०२४ सालमा नौगेडीको माला तिम्रोमा खस्यो कि बेलाको यादव खरेलको गीत गाएर रेडियो नेपालमा पहिलो भएकी थिइन् ।नारायणगोपाल र गोपाल योञ्जनका थुपै्र गीत गाएकी कमलालाई विसं २०२५ सालमा भैरवबहादुर थापाले नाचघरमा जागिर लगाइदिएका थिए । बालकृष्ण समको नालापानी गीति नाटकमाश्रेष्ठले मुख्य गायिकाको स्वर दिएकी छन् । उनले नेपाली , नेवारी भजन तथा आधुनिक , लोकगितहरु एकसय भन्दा बढी गाइसकेको गायक जुजुकाजी रंजितले जानकारी दिए ।

नारायण गोपालको संगीतमा मुनामदनको ‘ईश्वर तैँले रचेर कसरी बिगारीस्’ मा सह–गायनमा साथ दिने कमलाले गोपाल योञ्जनको संगीतमा ‘म बाँच्ने उमेरहरु सारा हजुरलाई’, ‘कति टाढा खोलाको किनार’ पनि गाएकी छन् । प्रेमदेव गिरीको संकलन ‘सरर मलेवा’ उनकाे अर्को चर्चित गीत हो । गायिका कमला श्रेष्ठ स्थापितले भोजपुरी गीत पनि गाएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ