arrow

पोखराको मणिपाल अस्पताललाई सरकारले गरायो सचेत

logo
सरिता पँगेनी तिमिल्सिना,
प्रकाशित २०७४ चैत ६ मंगलबार
manipal_hospital_pokhara.jpg

पोखरा । प्रदेश नं ४को सरकारले पोखरामा रहेको मणिपाल अस्पताललाई नेपालको कानुनको अवज्ञा नहुने गरि सञ्चालन गर्न सचेत गराएको छ। प्रदेश ४ का  आन्तरिक मामिला तथा कानून मन्त्री हरिवहादुर चुमानले मणिपाल शिक्षण अस्पतालमा पटक पटक हुने गरेका आन्दोलनका कार्यक्रमलाई सदाका लागी अन्त्य हुने गरि समाधानका उपाय खोज्न अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीलाई निर्देशन दिएका छन् । 

प्रदेश नं ४ को शिक्षा तथा स्वास्थ्य सम्वन्धी कानून वनाउन यहाँ रहेका शिक्षण तथा स्वास्थ्य सस्थाको अवस्था वुझ्नेक्रममा मन्त्री चुमान मंगलवार मणिपाल शिक्षण अस्पताल पुगेका थिए। मन्त्री चुमान अस्पताल पुग्दा त्यहा कार्यरत चिकित्सक तथा कर्मचारीहरु  हातमा कालोपट्टी वाधेर काम गरेका थिए । 

मणिपाल शिक्षण अस्पतालमा अखिल नेपाल स्वास्थ्यकर्मी संघले आन्दोलनको नेतृत्व गर्दै आएको छ । अस्पताल प्रशासन र कर्मचारीपक्षलाई एकैठाउमा राखेर कुराकानी गरेका मन्त्री चुमानले नेपालको ऐन कानून अन्तर्गत रहेर  काम गर्न दुवै पक्षलाई सचेत गराए ।

कर्मचारीको सेवा सुविधा लगाएतका पाँच वुँदे मागलाई लिएर अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरु अहिले पनि आन्दोलित छन् । मणिपालको समस्या समाधानका लागि मन्त्रीपरिषद वैठकमा नै यस विषयमा छलफल गर्ने मन्त्री चुमानले सो अवसरमा वताए ।

अखिल नेपाल स्वास्थ्यकर्मी संघ मणिपाल ईकाईका अध्यक्ष रमेश वोहराले न्युनतम कुरा पनि अस्पताल प्रशासनले पुरा नगर्दा पटक पटक आन्दोलनमा उत्रनु परेको वताएका थिए। अस्पतालका डाक्टर दिपक कोईरालाले चिकित्सक र कर्मचारीको मनोवल गिर्नेगरी अस्पताल प्रशासनले काम गर्दा आफुहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराउनु परेको वताए । 

अस्पतालका डिन वि एम नागपालले पटक पटकका आन्दोलनका कारण सर्वसाधारणमा अस्पतालप्रतिको विश्वास घट्दै गएको भन्दै छलफलवाटै निकास निश्कियोस भन्नेमा अस्पताल प्रशासन रहेको वताए ।

मेडिकल काउन्सीलले ७३ बर्ष उमेर नाघेका डाक्टरलाई अबकास दिने र्निणय गरेको छ । तर यसको अवज्ञा गर्दै मणिपाल अस्पतालले उमेर हद नाघेका डाक्टरलाई स्थायीको सुविधा दिएर युवा डाक्टरलाई करारमा राख्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ