arrow

विश्वलाई बुद्ध चिनाउन दाजुभाईले बनाए फिल्म

बुद्ध नेपालको लुम्बिनीमा जन्मेको तथ्यका साथ कथानकढंगले निर्माण गरिएको नायक रमितले बताए

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
image1-(5).JPG.jpeg
काठमाडौं । शान्तिका अग्रद्ूत भगवान् गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य संसारलाई बुझाउने उद्देश्यले बनाइएको फिल्म ‘बुद्ध बर्न इन नेपाल’ बुद्धजयन्तीको अवसर पारेर आगामी बैशाख १० गतेदेखि नेपालभरबाट प्रदर्शनमा आउने भएको छ ।  नायक अमित ढुंगानाले अमेरिका भ्रमणका क्रममा बुद्ध भारतमा जन्मेको भ्रम छरिएको पाएपछि र यस्तै भ्रम विश्वका अन्य थुप्रै मुलुकमा समेत रहेको भेटिएपछि यसलाई चिर्ने उद्देश्यले आप्mना नायक दाजु रमित ढुंगानाका साथ यो फिल्मको निर्माण गरेका हुन् ।

फिल्मको नाम सुन्दा कुनै बृत्तचित्रभैmं लागेपनि यो बुद्ध नेपालको लुम्बिनीमा जन्मेको तथ्यका साथ कथानकढंगले निर्माण गरिएको नायक रमितले बताए । ‘फिल्ममा नायकले विभिन्न देशमा बुद्ध भारतमा जन्मेको भन्ने भ्रम रहेको तथा थुप्रै मुलुकका पाठ्यपुस्तक एवं अन्य पुस्तकमा समेत यो भ्रम लेखिएको थाहा पाएपछि नेपाल फर्केर लुम्बिनी पुगेरै तथा अन्य ऐतिहासिक तथ्य संकलन गरी विश्वलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने बुझाउन गरेको संघर्षको कथा फिल्मले बोल्छ,’ रमितले भने,‘ नायकले यसका लागि आप्mनै सरकार र अन्य पक्षकासामु गरेको संघर्ष र वास्तविकताका लागि गरेको दुःखको कथा यसमा छ ।’ 

फिल्ममा नायक दाजुभाइ अमित ढुगाना र रमित ढुंगानाका साथ अशिष्मा नकर्मी, निर शाह, मिथिला शर्मा, मनिता लामाले प्रमुख भूमिकामा अभिनय गरेका छन् । फिल्ममा अमेरिकीहरूले समेत अभिनय गरी बुद्ध नेपालमा जन्मेको सन्देश विश्वसामु दिन सहयोग गरेका छन् । 

यसमा तामाङ भाषामा डिप्लोमा गरेकी अमेरिकास्थित कर्नल युनिभर्सिटीकी प्रोफेसर क्थाथ्रिन मार्च र उनका प्रोफेसर पतिले समेत अभिनय गरेका छन् ।  ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्ममा अमेरिकाका विभिन्न स्थानका साथ लुम्बिनीका दृश्यहरूलाई समेत कथानकढंगले प्रस्तुत गर्दै बुद्ध नेपालमै जन्मेका हुन् भन्ने वास्तविकता छर्लङ्ग पारिएको छ । 

नेपालपछि अमेरिका, युरोप, जापान, अष्ट्रेलिया, क्यानडालगायतका बौद्ध धर्म मानिने मुलुकमा पनि प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्ममा कथा रमित ढुंगाना, पटकथा र संवाद दिनेश न्यौपाने, संगीत सुरेश अधिकारी, छायांकन दीर्घ गुरुङको रहेको छ ।  निर्मातासमेत रहेका रमितले नाफा कमाउने उद्देश्यले भन्दा पनि अमेरिकाको पाठ्यपुस्तकमा समेत बुद्धबारेको गलत जानकारी पाएपछि त्यसलाई मेटाउने उद्देश्यले तयार पारिएको दाबी गरे । ‘विदेशी भूमिमा आएर बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम रहेको देखेपछि मन थाम्नै सकिनँ । यो भ्रमलाई हेरेर बस्न सकिएन । त्यसैले विभिन्न अध्ययन र अनुसन्धानपछि बुद्ध नेपालमा जन्मेका हुन् भन्ने वास्तविकता बुझाउन यो फिल्म बनाएका हौ’ँ हाल अमेरिकामा रहेका  र फिल्मको प्रदर्शनका लागि नेपाल आउने तयारीमा रहेका नायक ढुंगानाले भने ‘माया नमारमा जस्तो यसमा पैसा कमाउने उद्देश्य हाम्रो छैन । बुद्ध र बुद्धको जन्मस्थलबारे पैmलिएको भ्रमलाई फिल्ममार्पmत अलिकति भए पनि मेटाउन सकिए त्यो हामी सबैका लागि ठूलो कमाइ र उपलब्धि हुनेछ ।’ त्यसैगरी चलचित्रका अर्का प्रमुख कलाकार तथा निर्मता अमित ढुंगानाले चलचित्रले बुद्धबारेको वास्तविक सन्देशका साथ मनोरञ्जनसमेत प्रदान गर्ने बताए । अमित र रमितको दाजुभाइले यसअघि माया नमार नामक चलचित्रको निर्माण गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ