arrow

भारतको राज्यसभामा अक्षयकुमार ! 

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
akshayakumar.jpg.jpeg

काठमाडौं । भारतको राज्यसभामा को सेलिब्रिटी पुग्ने भन्ने होडबाजी सुरु भएको छ । भारतीय क्रिकेटर सचिन तेन्दुलकर, अभिनेत्री रेखा र अनु आगाको समय आउँदो अप्रिलमा सकिँदै गर्दा उनीहरुको ठाउँमा को पुग्ने भन्ने होड भइरहेको हो । 

यो होडमा अक्षय कुमार अगाडि लाग्न सक्ने अनुमान भारतीय संचारमाध्यमहरुको छ । 

होडमा अक्षय कुमार, जूही चावला र गजेन्द्र चौहानको नाम अगाडि देखिएको छ । त्यसैगरी सलीम खान, सुरेश ओबेरोय, ऋषि कपूर र अनुपम खेर पनि त्यो लिष्टमा रहेको बताइन्छ । 

कला, संस्कृति, साहित्य एवं समाजसेवाको क्षेत्रमा समर्पित १२ हस्तीका लागि राष्ट्रपतिले मनोनित गर्ने सांसदको कोटा अप्रिलमा सकिन लागेको हो । 

होडमा को अगाडि पुग्ला ? भागदौड मच्चिरहेको छ । 

पछिल्लो समय सामाजिक चलचित्र खेलिरहेकाले पनि उनी सांसद बन्न सक्ने धेरैको अनुमान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ