arrow

नेपाल–बंगलादेश क्वार्टरफाइनल भिडन्त : दोहोरिएला त, सन् २००२ रोमाञ्चक जित ?

logo
चन्द्र धामी
प्रकाशित २०७२ माघ १९ मंगलबार
nepal-VS-bangladehs.jpg.jpeg
काठमाडौं । समूह चरणको अन्तिम खेलमा भारतसंग ७ विकेटले पराजित भएको नेपाल बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा बंगलादेशसंग खेल्ने भएको छ । समूह ‘डी’ को उपविजेता बनेको नेपालले समूह ‘ए’ को विजेता बंगलादेशसँग क्वार्टरफाइनलमा भेट गर्ने भएको हो । यू–१९ विश्वकपमा बंगलादेशसंग नेपालको यो दोस्रो भेट हो । यसअघि नेपालको भेट सन् २००२ को प्लेट च्याम्पियनसिप सेमिफाइनलमा भएको थियो । जसमा नेपाल २३ रनले विजयी भएको थियो ।   
 
यस्तै, मंगलबार भएको समूहको अन्तिम खेलमा बंगलादेश नामिबियालाई ८ विकेटले हराउँदै  समूह विजेता बन्यो । समूह चरणका तीन खेलमा बंगलादेश अपराजित रहँदै समूह विजेता बन्न सफल भयो । नेपाल दुई खेलमा जित र एकमा हार व्यहोर्दै समूह उपविजेता बन्यो । समूहको अन्तिम खेल खेल्नु अघिनै नेपालले क्वार्टरफाइनलको स्थान सुरक्षित गरिसकेको थियो । समूहको पहिलो खेलमा नेपालले टेष्ट मान्यता प्राप्त न्यूजिल्याण्डलाई ३२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आयरल्याण्डविरुद्ध आठ विकेटको शानदार जित निकाल्यो । नेपाल र बंगलादेशबीचको खेल शुक्रबार हुने छ ।
 
समूह ‘ए’ को उपविजेता बनेको नामिबियाले भारतसँग खेल्ने छ । भारतले समूहको पहिलो खेलमा आयरल्याण्डलाई ७९ रनले पराजित गर्दा दोस्रो खेलमा न्यूजिल्याण्डलाई एक सय २० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।  
 
सम्झन लाहेक सन् २००२ को प्लेट च्याम्पियनसिप सेमिफाइनल विजय 
नेपालका लागि विभत्सु थापाले अविजित ४१ रन बनाएका थिए ।अलराण्ड प्रदर्शन गर्ने क्रममा बरदान चालिसेले नेपालका लागि २७ रन बनाए । म्यान अफ द म्याच भएका उनले बंगलादेशको व्याटिङ ध्वस्त पार्न ४ विकेट चट्काए । टोलीको जितका लागि १७ रनको योगदान गरेका कप्तान विनोद दासले २ विकेट लिए । रोचक त के भने, दासले शून्यमा आउट गरेका बंगलादेशी ब्याट्सम्यान मोहम्मद अस्रफुल अहिले बंगलादेशको राष्ट्रिय टोलीबाट खेल्दछन् । दासको बलिङमा अस्रफुल आउट भए, भने अस्रफुलकै बलिङमा दास अली अर्मानबाट क्याच आउट भए ।
 
न्यूजिल्याण्डको लिङ्कन प्लेट च्याम्पियनसिप सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४७ ओभर ३ बलमा १ सय ५७ रनमै अलआउट गर्दै २३ रनको रोमान्चक जित निकालेको थियो । कप्तान विनोद दासको नेतृत्वमा मैदान उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको योगफल बनाएको थियो ।
 
नेपालका लागि विभत्सु थापाले अविजित ४१ रन बनाएका थिए ।अलराण्ड प्रदर्शन गर्ने क्रममा बरदान चालिसेले नेपालका लागि २७ रन बनाए । म्यान अफ द म्याच भएका उनले बंगलादेशको व्याटिङ ध्वस्त पार्न ४ विकेट चट्काए । टोलीको जितका लागि १७ रनको योगदान गरेका कप्तान विनोद दासले २ विकेट लिए । रोचक त के भने, दासले शून्यमा आउट गरेका बंगलादेशी ब्याट्सम्यान मोहम्मद अस्रफुल अहिले बंगलादेशको राष्ट्रिय टोलीबाट खेल्दछन् । दासको बलिङमा अस्रफुल आउट भए, भने अस्रफुलकै बलिङमा दास अली अर्मानबाट क्याच आउट भए । 
नाफिज इक्वाल बंगलादेशको कप्तान थिए । उक्त खेलको अर्को रोचक संयोग दुबै खेलका कप्तानले समान १७–१७ रन बनाए । नेपालका लागि तत्कालिन ओपनर थिए कनिस्क चौगाई । चौगाईले उक्त प्रदर्शनमा १४ रन मात्रै बनाए पनि यू –१९ विश्वकपमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीको रेकर्ड कायम गरेका थिए । उनले ५ सय रन पार  गरेका थिए । उनी हाल नेपाली टोलीमा छैनन् । नेपाली खेल कौशललाई देश बाहिर बसेर हेरिरहेका छन् ।    
 
विडम्पना नेपाल सोही प्लेट च्याम्पियनसिपको फाइनलमा जिम्बावेसंग एक सय ३७ रनले पराजित हुँदै प्लेट च्याम्पियन हुन सकेन । त्यसअघि नेपाल सन् २००० मा न्यूजिल्याण्डलाई हराएर पहिलो पटक प्लेट च्याम्पियन बनेको थियो । यसपटक, नेपाल १५ वर्षपछि दोस्रो चरण पुगेको छ । उमेर समूहमा बलियो देखिएको नेपाल बंगलादेशविरुद्ध उच्च मनोवलसाथ खेल्ने धेरैको अपेक्षा छ । यद्यपि, जित यकिन गर्ने आधार खेलाडीकै हातमा हुने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ