- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) विहिबारदेखि शुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म तीन घण्टाको हुने छ ।
पहिलो दिन विहिबार अनिवार्य अंग्रेजी विषको परीक्षा हुँदैछ । शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । चैत १० गते शनिबार र ११ गते आइतबार चैते दशैं परेकाले परीक्षा नहुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
परीक्षा चैत २० गते सकिने छ । प्राविधिक तर्फका परीक्षा चैत १४ गते शुरु भई २० गतेभित्र सम्पन्न हुनेछन् । यसवर्ष नियमिततर्फ ४ लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार परीक्षार्थी छन् ।
परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा एक हजार ९५६ केन्द्राध्यक्ष, ३ हजार ९१२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटिएका छन् । गतवर्ष चैत ३ गतेबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।