arrow

गायक अभिनास घिसिङले ल्याए ओठको सहि छाप(भिडियो)

सेलो र आरएण्डबी फ्लेबरको फ्युजन रहेको भिडियोमा उनले मोडल तथा ‘नोभेम्बर रेन’नायिका छुल्ठिम डोल्मा गुरुङसँग फिचरिङ गरेका छन् ।

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
Abinash.jpg.jpeg
काठमाडौं । लोक पप फ्लेबरका गीत गाएर दर्शकको मनमा बस्न सफल गायक अभिनाश घिसिङले सातौं एल्बम ‘कन्ट्री साइड’को ‘ओठको सहि छाप’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सेलो र आरएण्डबी फ्लेबरको फ्युजन रहेको भिडियोमा उनले मोडल तथा ‘नोभेम्बर रेन’नायिका छुल्ठिम डोल्मा गुरुङसँग फिचरिङ गरेका छन् । नविन शेर्पा र सुसनको शब्द, संगीत रहेको गीतको भिडियोको निर्देशन सइन्द्र श्रेष्ठले गरेका हुन् । भिडियोमा हरि हुमागाईको छाँयाकन र प्रकाश तुलाधरको सम्पादन छ ।

‘एल्बमको सबै काम सकिएको छ, अब फागुन महिनामा सार्वजनिक गर्दैछु,’गायक घिसिङले भने,‘यसअघिका गीतजस्तै यो गीतलाई पनि श्रोता दर्शकले मनपराउनु हुनेछ भन्ने लागेको छ ।’ उनका अनुसार नयाँ एल्बममा ‘गाडी त जर्मनको’ बोलको पुरानो गीतलाई रिमेक गरिएको छ ।

घिसिङले २०५७ सालमा डेब्यु एल्बम ‘च्याङबा’ ल्याएका थिए । त्यसपछि २०५९ मा ‘जेनेरेसन डट एनपी’, २०६१ मा ‘जिरो प्वाईन्ट’ आयो । ‘जिरो प्वाइन्ट’को ‘सुनको बाला’, ‘ल्हासाको चिसोले’लगायतका गीत हिट भए । त्यसपछि २०६४ मा आएको एल्बम ‘हिल एरिया’मा रहेको ‘चम्पा’बोलको गीत र २०६७ मा आएको ‘सन अफ हिमालय’को ‘ज्यानलाई मैले’बोलको गीत हिट भए ।  उनले २०६६ मा काइरन नामक तामाङ भाषाको एल्बम पनि निकालेका थिए । सातौं एल्बमलाई भाइब्स क्रिएसनले उत्पादन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ