- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । टेष्ट क्रिकेटमा तेस्रो डिजिटको अंक नबनाउनु आश्चर्य मानिन्छ । अझ त्यो पनि इंगल्याण्ड जस्तो टिमबाट । तर भयो त्यस्तै ।
अकल्याण्डमा भइरहेको न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्टमा इंगल्याण्ड ५८ रनमै रोकियो । क्रिेग ओभरटनले नटआउट ३३ रन बनाए भने मार्क स्टोनम्यानले ११ रन बनाए ।
पाँच इंगलिस खेलाडी त ० मै आउट भए । २०.४ ओभर मात्र क्रिजमा टिक्न सकेको इंगल्याण्डमाथि हावी हुने क्रममा न्युजिल्याण्डमा २ बलरले मात्र बलिङ गरे ।
ट्रेन्ट बोल्टले १०.४ ओभरमा ३२ रन दिए ६ विकेट लिए । टिम साउथीले १० ओभरमा २५ रन दिएर ४ विकेट लिए ।
जवाफमा न्युजिल्याण्डले राम्रो ब्याटिङ गरिरहेको छ ।