arrow

प्रदेश सरकारको मुख्य प्राथमिकतामा सिद्धबाबा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत ८ बिहिबार
sidhhababa.jpg

बुटवल । मृत्यु मार्गको रुपमा चिनिएको बुटवल र पाल्पाको सीमामा पर्ने सिद्धबाबाको सडक प्रदेश नं. ५ को प्रमुख प्राथमिकतामा परेको छ । हिउद र बर्खामा जुनसुकै समयमा पनि पहिरोको जोखिम क्षेत्र मानिएको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा प्रदेश नं. ५ सरकारको पहिलो प्राथमिकतामा परेको छ । प्रदेश सकारले उक्त क्षेत्रको सडकलाई पहिरो नियन्त्रणका लागि डिपीआर तयार पार्ने गरी योजना अगाडि बढाएको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने उक्त सडक खण्डको ३ किलोमिटर क्षेत्र बढि जोखिम मानिन्छ । सिद्धबाबा क्षेत्रको डिपीआर तयार गरी आरसिसी टर्नेल बनाउने योजना प्रदेश सरकारको रहेको भौतिक पुर्वधार तथा विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

“हामीले डिपीआर बनाउछौ, केन्द्र सरकारले पनि हामीलाई सहयोग गर्छ, हाम्रो प्रदेशमा सिद्धबाबा क्षेत्र रहेकाले डिपीआर बनाएर आरसीसी ट्रर्नेल बनाउने योजना छ ।” उनले भने ।
सिद्धबाबा क्षेत्रको पहिरो रोक्नका लागि केही प्रयासहरु भएपनि पहिरो नरोकिएपछि सरकारले पहिलो प्राथमिकता सिद्धबाबा क्षेत्रको सडकलाई रोजेको हो । यस अघि उक्त सडक खण्डको केही भागमा रक नेट प्रविधि समेत जडान गरिएको थियो ।

रकनेट प्रविधि जडान भएपनि त्यसको प्रभावकारी भने त्यति देखिएन । पृथ्वी राजमार्गको कृष्णभीरको पहिरो रोक्न सफल भएको सरकारको प्रविधि सिद्धबाबाको चट्टानमा भने अहिले सम्म सिद्ध हुन सकेको छैन । जसका कारण सिद्धबाबा आईपुग्दा यात्रा गर्ने यात्रु र सवारी चालक अझै पनि क्रसित हुने चालक अर्जुन भण्डारीले बताए ।

सिद्धबाबाको सडक व्यवस्थित गर्ने योजना भाषणमा मात्र सिमित गरेका राजनितीक दलहरुले यस विषयलाई गम्भिरतापुर्बक लिन नसक्दा यात्रुहरु अकालमा ज्यान गुमाइरहेका छन । निर्वाचनको समयमा चुनावी एजेण्डा समेत बनेको यो सिद्धबाबा सडक क्षेत्रलाई सरकारले प्राथमिकता नदिदा बर्पेनी अकालमा मानिसहरुले ज्यान गुमाउनु परेको विद्यार्थी नारायण लम्सालले बताए ।

निर्वाचनको समयमा सुरुङ मार्ग बनाउने घोषणा गरेका राजनितीक दलहरुले साच्चिकै सिद्धबाबाको पहिरो रोक्न ठोस पहल कदमी गरेर व्यवहारमै देखाउन भने जरुरी छ ।

‘रक सेड’ प्रविधिको पनि चर्चा
केन्द्र सरकारले भने सिद्धबाबामा ‘रक सेड’ प्रविधिमार्फत सवारी र यात्रुलाई सुरक्षित गर्ने योजना अघि चर्चा चलेको छ । यस्तो सेड निर्माणका लागि करिब २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

योजना अनुसार सिद्धबाबाका करिब ३ सय मिटर पहिरो प्रभावित क्षत्रेमा यस्तो सेड निर्माण गरिनेछ । तर, अध्ययनबाट नै कति क्षेत्रमा निर्माण गर्ने भन्ने टुंगो लाग्नेछ ।

अब अध्ययन गरेर निर्माण गरिहल्ने गरी जापानी सहयोग नियोगलाई ‘रिक्वेस्ट लेटर’ लेख्दैछ, विभाग । केही समयअघि जापान गएको विभागको उच्च पदस्थ अधिकारीको टोलीले जापानमा चट्टाने पहिरोबाट निर्माण गरिएका सडकहरुको निरीक्षण गरेको थियो ।

जापानको ‘मोदीओका’ क्षेत्रका सडकमा बनेका रक–सेड हेरेपछि सिद्धबाबामा पनि यस्तै बनाउन सकिने निश्कर्ष विभागको प्राविधिक टोलीले निकालेको थियो ।त्यसकै आधारमा विभागले जाइकाको दक्षिण एसिया हेर्ने कार्यालयलाई त्यसमा सघाउन औपचारिक रुपमै आग्रह गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ