arrow

पहिलो दिनको परिक्षामा पर्साबाट २ सय ४५ जना अनुपस्थित

logo
बिजय चौहान,
प्रकाशित २०७४ चैत ८ बिहिबार
see.jpg

वीरगन्ज। माध्यमिक शिक्षा परिक्षा (एसइई) २०७४को पहिलो दिन बिहिवार पर्सामा नियमित अंग्रेजी विषयको परिक्षा  शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । २३ परिक्षा केन्द्रमा संचालित एसइई परिक्षाको पहिलो दिन २ सय ४५ जना छात्र- छात्रा अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालय पर्साले जनाएको छ ।

एसइई परिक्षाका लागि जिल्लाबाट ७ हजार १ सय ७५ जना छात्र छात्राले आवेदन दर्ता गराएको भएपनि पहिलो दिनको परिक्षमा ६ हजार ९ सय ३३ जना विद्यार्थी मात्र उपस्थित  भएका हुन । पहिलो दिनको परिक्षमा एक सय २६ जना छात्र र एक सय १९ जना छात्रा अनुपस्थित रहेको जिल्ला शिक्षा अधिकारी बरखु रजकले जानकारी दिनुभयो। नियमति तर्फ ६९ छात्र,८७ छात्रा, एक्जामटेड तर्फ ५६ छात्र ३१ छात्रा र प्रविधिक तर्फबाट एक÷एक जना छात्र–छात्रा अनुपस्थित भएको शिक्षा अधिकारी रजकले बताए ।

एसइई परिक्षका लागि पर्सा जिल्लाका एक एक्जामटेड  र २२ नियमित गरी कुल २३ वटा परिक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिदै शिक्षा अधिकारी रजकले परिक्षालाई मर्यादित बनाउन २३ जना केन्द्राध्यक्ष, ३५ जना सह–केन्द्रध्यक्ष, २ सय ९८ जना परिक्षा निरिक्षक, १ सय ५४ जना सहयोगि र ३ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

जिल्लामा जारी परिक्षाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रुमख, जिल्ला शिक्षा कार्यालयका अधिकारी सहित संचारकर्मीहरुले स्थलगत अनुगमन गरेको जिल्ला शिक्षा अधिकारी रकजकले जानकारी दिए ।

यसै बीच विभिन्न अभियोगमा पक्राउ परेका ९ जनाले युवक वीरगन्ज कारागार विद्यलायबाट एसइई परिक्षमा सहभागि भएको शिक्षा कार्यालयले जनाएको छ ।

परिक्षा केन्द्र भन्दा सय मिटरको भित्र प्रवेशमा अभिभावहरुलाई रोक लगाएपछि परिक्षालाई मर्यादित बनाउन मद्दत पुगेको जिल्ला शिक्षा अधिकारी रजकको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ