arrow

एसईईको पहिलो दिन पाल्पामा ८२ बिद्यार्थी अनुपस्थित

मर्यादित रुपमा जिल्लामा परिक्षा सञ्चालन

logo
सीता डोटेल,
प्रकाशित २०७४ चैत ८ बिहिबार
see_(2).jpg

पाल्पा ।  बिहिबारबाट शुरु भएको एसईई परीक्षाको पहिलो दिन पाल्पामा ८२ बिद्यार्थी अनुपस्थित भएका छन् । जिल्लाका १ सय ३२ बिद्यालयबाट ५ हजार ५८ बिद्यार्थी मध्ये ४ हजार ९ सय ७६ जनाले पहिलो दिनको परीक्षा दिएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ ।

नियमित तर्फ ४ हजार ९ सय ४६ बिद्यार्थी मध्ये ३६  जना र एक्जाम्टेड तर्फ १ सय १२ बिद्यार्थी मध्ये ४६जना बिद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत तथा सुचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए । पाल्पाबाट यस बर्ष दम्कडा माध्यामिक विद्यालयबाट ५ जना दृष्टिबिहिनले परीक्षा दिएका छन् भने जिल्ला कारागारबाट २ जना परीक्षार्थी परीक्षा दिएका छन् ।  जिल्लाका १ सय ११ सामुदायिक, २० संस्थागत, खुला १ गरि १ सय ३२ बिद्यालयका बिद्यार्थी परीक्षामा सहभागी छन् । जहाँ सामुदायिक तर्फ ४ बिद्यालय प्राबिधिक धारको छ । पाल्पाका २५ वटा परीक्षा केन्द्रमा परीक्षा चलिरहेको छ । गत बर्ष २४ परीक्षा केन्द्र रहेकोमा यस बर्ष सेन माबि तानसेनमा परीक्षा केन्द्र थपिएको हो ।

शान्त तथा मर्यादित रुपमा परीक्षा सञ्चालन गर्न २५ केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्ष, २ सय १७ जना निरिक्षक र १ सय १४ जना कार्यालय  सहयोगी ३ सय ७५ जना सुरक्षाकर्मी खटिएका छन् । यसबर्ष सबैभन्दा बढी रामपुर नगरपालिकाको रामतुलसी माबि स्रोत केन्द्रबाट ७ बिद्यालयका ३ सय ४५ मध्ये ३ सय ४३ जना परीक्षार्थीले परीक्षा दिएको केन्द्राध्यक्ष बालकृष्ण लम्सालले जानकरी दिए ।

 त्यस्तै सबैभन्दा कम बगनासकाली गाउँपालिकाको दर्लमडाडा माबि परीक्षा केन्द्रबाट ८१ मध्ये ८० बिद्यार्थी परीक्षामा सहभागी भएका छन् । रामतुलसी माबिमा परीक्षा भवन अगाडी दैनिक एक जना निरिक्षकको व्यबस्था बिद्यालयले गरेको छ । जहाँ अन्य बिद्यालयबाट केन्द्र परेर आउने बिद्यार्थीलाई सहज हुने गरि जिल्लामा नै यस बिद्यालयले थप नयाँ कार्य गरेको हो ।

समयमा नै निर्वाध रुपमा शुरु भएको परीक्षामा स्थानिय निकायको समन्वयमा परीक्षा चल्दा थप सहज भएको कार्यालयले जनाएको छ । परीक्षाको जिल्ला स्तरिय परीक्षा समन्वय समितिका पदाधिकारी, स्थानिय निकाय नगरपालिका र गाउँपालिका प्रतिनिधि, शिक्षा कार्यालयका कर्मचारी, शिक्षकका पेशागत संघसंस्था, प्याप्सन पदाधिकारी र पत्रकारले परीक्षाको निरिक्षण अनुगमन गरेका छन् । पहिलो दिनको परीक्षामा जस्तै आगामी दिनमा पनि सभ्य वातावरण सिर्जना हुने अपेक्षा गर्दै परीक्षा सञ्चालनमा मर्यादित र सक्रियता पुर्वक सहयोग गर्ने सबैमा धन्यबाद दिएको शिक्षा कार्यालयका सुचना अधिकारी महेन्द्र सुवेदीले बताए ।

 यसैबिच पाल्पाका २५ परीक्षा केन्द्र मध्ये तानसेन नगरपालिकामा ९ र रामपुर नगरपालिकामा ३ परीक्षा केन्द्र छन् भने अन्य केन्द्र गाउँपालिकामा छन् । रामपुर नगरपालिकाको रामतुलसी माबिमा २ जना र दरैठाटी माबि परीक्षा केन्द्रबाट ३ परीक्षार्थी अुनुपस्थित रहेको नगर शिक्षा प्रमुुख रमाकान्त अर्यालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ