arrow

प्रधानाध्यापक गाउँपालिकाको कार्यालय सहयोगी भएपछि

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
teacher.jpeg

सल्यान । करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गरेका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी भएका छन् । 

विद्यालयमा पढाउदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उहाँ दार्मा गाउँपालिकामा कार्यालय सहयोगी भएका हुन् । 

दार्मा–४ मा रहेको वाल कल्याण प्राथमिक विद्यालयमा २०६६ सालदेखि निजी स्रोतमा पढाइरहेका थापाले दुइ वर्षदेखि तलब नपाएपछि गाउँपालिकामा कार्यालय सहयोगीमा काम गर्न थालेको बताए ।

विसं २०६६ मा रु एक हजार २०० तलब लिएर पढाउन शुरु गर्नुभएका उहाँ २०६९ सालमा प्रधानाध्यापक भएका थिए ।

“थोरै भए पनि तलब आउँछ भनेर काम गरेँ तर दुई वर्षदेखि त्यही तलब नपाएपछि बाध्य भएर विद्यालय छोडे ।” थापाले भने । 

प्रधानाध्यापक नै गाउँपालिकामा गएपछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ । 

एकतीस विद्यार्थी रहेको विद्यालयमा अब एकजना बालविकास सहयोगी कार्यकर्ताको भरमा मात्रै सञ्चालन भइरहेको छ । स्थायी दरबन्दी नरहको उक्त विद्यालयमा स्थानीयले दिने चन्दाको भरमा विद्यालय चल्दै आएको बालविकास सहयोगी कार्यकर्ता निरा बुढाथोकीले जानकारी दिइन् ।

“पहिले दुई जना शिक्षक थियौँ प्रधानाध्यापक नै विद्यालय छोडेर जानु भयो अब मलाई समस्या भएको छ ।” सहयोगी कार्यकर्ता बुढाथोकीले भने, “जिल्ला शिक्षा कार्यालयले पहिले पिसिएफको पैसा पनि दिन्थ्यो यो वर्ष दिएको छैन न त स्थानीयले चन्दा नै उठाउँछन् ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ