arrow

न्यूयोर्क च्याप्टरले गिरिजाबावुलाई संम्झियो

logo
सोमनाथ हुँमागाई,
प्रकाशित २०७४ चैत १० शनिबार
new-york-chapter.JPG

न्यूयोर्क ।  शुक्रवारका दिन नेपाली जनसम्पर्क  समिति न्यूयोर्क च्याप्टर अमेरिकाले जननायक गिरिजा प्रसाद कोइरालाको ८ औं पुण्य स्मृति दिवस एक स्मृति सभाको आयोजना गरेको छ ।  न्यूयार्कका बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले देश र जनताका निमित्त गिरिजा प्रसाद कोइरालाले गरेको योगदानका बारेमा चर्चा गर्दै श्रद्धा सुमन अर्पण गरेका थिए ।


कार्यक्रमको अवसरमा नेपाली  काँग्रेसका केन्द्रीय सदस्य श्रीमती रत्न शेरचनले लोकतन्त्र प्राप्तिका निमित्त लामो संघर्ष गर्ने महान योद्धाको रूपमा गिरिजा प्रसाद कोईरालालाई लिनुपर्ने कुरा राखेका थिए । उनको कद नेपालमा मात्र होईन दक्षिण एसियामा नै उचो भएको बताउँदै, उनि काँग्रेसको मात्र नभई समग्र राष्ट्रको नेता भएको कुरा बताए ।

 पूर्व केन्द्रीय सदस्य सुनील कुमार भण्डारीले अपोजिशनको कुरालाई, क्रिटिसाईजलाई  सहज ढंगले सुन्नसक्ने तागत भएको महान लोकतान्त्रिक नेताको रूपमा आफुले गिरिजा प्रसाद कोईरालालाई चिनेको कुरा बताउँदै, आफु धेरै लामो समय सम्म गिरिजा प्रसादको निकट रहेर केन्द्रीय समितिमा बसेको हुनाले आफ्नो पुरै व्यक्तिगत जीवनमा गिरिजा प्रसादको प्रभाव परेको कुरा स्मरण गर्दै भावुक बनेर कोईरालालाई श्रद्धासुमन अर्पण गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ