arrow

अक्सफोर्डसँग विद्यार्थी लिने दिने सम्झौता

logo
प्रकाशित २०७४ चैत १० शनिबार
Oxford-univ.png

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थका विषयमा संयुक्तरुपमा अध्ययन अनुसन्धान गर्नेलगायत सम्झौतामा हस्ताक्षर भएको छ ।

दुवै विश्वविद्यालयले प्रत्येक वर्ष संयुक्तरुपमा गोष्ठी, प्राध्यापक, अध्येता र विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको हो । मुख्य चारबुँदा र नौ वटा सहायक बुँदामा शुक्रबार संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा डा काशीनाथ न्यौपाने र अक्सफोर्ड विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रतिनिधि डा बिहान ओल्सनले हस्ताक्षर गरे ।

कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले सम्झौताले वैदिक ज्ञानराशिलाई विश्व समुदायमा पस्कने बाटो खोलेको बताए । शिक्षाध्यक्ष प्रा रमेशप्रसाद ढकालले हिमाली क्षेत्रको गहन ज्ञान राशिबाट विश्वभरका जनता लाभान्वित हुने समय आएको विचार राखे ।

अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा न्यौपाने, अक्सफोर्ड विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रतिनिधि ओल्सनलगायतले नेपालमा भएका दार्शनिक ज्ञानलाई विश्व समुदायले उपयोग गर्न सक्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ