arrow

राजधानी सारेर देखाउन मुख्यमन्त्री पोखरेललाई चुनौती

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत ११ आइतबार
butwal.JPG

बुटवल । प्रदेश नम्बर ५ को राजधानी बुटवलबाट अन्यन्त्र सार्न जो कोही लागी परेपनि नसक्ने राजनितिक दलका नेताहरुले बताएका छन् । प्रदेश नम्बर प्रदेशको  साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन ।

उनीहरुले राजधानी सार्नको २ तिहाई बहुमतको आवश्यकता पर्ने बताउँदै कुनै पनि हालतमा राजधानी नसर्ने बताए  ।  यसअघि मुख्यमन्त्री शंकर पोखरेलले शनिबार दाङको घोराही उपमहानगरपालिको नगरसभालाई संबोधन गर्दै प्रदेशको स्थायी राजधानी दाङ बनाउने बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका संसदिय दलका नेता बलदेब शर्मा पोखरेलले जो कोही जहाँ बोलेपनि प्रदेश राजधानी बुटवलबाट नसर्ने बताएका हुन् । उनले बहुमतको सरकार पहिला देखी हुँदा पनि ५ वर्ष चलाउन नसकेको अवस्था हामीमाझ रहेको बताउँदै यो क्षेत्रका सांसदहरु एक भएमा राष्ट्रपति नै आएपनि राजधानी नसर्ने बताए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्र प्रदेश ५ का प्रमुख सचेतक दधिराम न्यौपानेले जनताबाट बिचार नभए सम्म केही हुन नसक्ने बताउँदै स्थायीत्व र समृद्धिको लागी सबै पार्टिले राजनीति भन्दा बिकासका कुरामा लाग्नुपर्नेमा जोड दिए । उनले प्रदेश राजधानीको बिषयमा  जो कोहीले राजधानी सार्न कुरा गरेपनि २ तिहाई बहुमत  बिना संभव नभएको बताए । उनले २ तिहाइृ बहुमतको लागी संभव नरहेको बताए ।

साथै उनले जबरजस्ती सार्न खोजीएमा यो निर्वाचन नै रद्द गर्नुपर्ने बताए । उनले १० दिन भित्र पार्टि एकता हुने तयारी भएको बताउँदै अब गठनबन्धन नभई एउटा पार्टि मात्र सरकारमा हुने बताए । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरे । उनले बिकास र समृद्धिका लागी सबै दल मिल्नुको बिकल्प नभएको बताए ।

यता नयाँ शंक्ति केन्द्रीय सदस्य छन्द पन्थीले शक्तिको भरमा बामपन्थीले पेल्न खोजेको आरोप लगाए । यनले समाजमा रहेका अन्तर बिरोध र राजनितिक स्थायीत्व बिना स्थायी सरकार कल्पनाहुन नसक्ने बताउँदै असन्तुलित बिदेश नितिले देशलाई खोक्रो हुँदै गएको बताए । बैदेशिक लगानीको शुरक्षित गर्न सकेमा समृद्धि पाउन सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ