arrow

१६ लाखमा बिक्यो अमिताभको निलो हात्ती 

logo
प्रकाशित २०७४ चैत १२ सोमबार
amitabh-nilo-hatti.jpg

काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनको निलो हात्ती १६ लाख रुपैयाँमा बिक्री भएको छ । शनिबार राति बोलकबोलमा उक्त हात्ती १६ लाख रुपैयाँमा बिक्री भएको हो । 

मुम्बईमा एक महिनासम्म चलेको हात्ती मुर्ति परेडको लिलामीमा विभिन्न किसिमका हात्तीका मुर्ति राखिएका थिए । 

विलुप्त हुँदै गएका हात्तीको सरंक्षणका लागि गठित एलिफेन्ट फेमिलीले १०१ हात्ती राखेर त्यसमा एउटा अमिताभ बच्चनको पनि राख्ने निर्णय गरेका थिए । 

हात्ती जसको उसले आफ्नो रंग चुन्न पाइने थियो । अमिताभले निलो चुने । यो हात्तीलाई त्यसपछि विशेष रुपले सजाइएको थियो । 

हात्तीको शरीरमा अमिताभका बाबु हरिवंश राय वच्चनको बच्चाहरुका लागि लेखिएको कविता पनि लेखिएका थियो । 

उक्त कविताको हिन्दी अंश यस्तो छ –आज उठा मैं सबसे पहले, सबसे कहता आज फिरुंगा, कैसे पहला पत्ता डोला, कैसे पहला पंक्षी बोला, कैसे पूरब ने फैलाए बादल पीले, लाल, सुनहले, आज उठा मै सबसे पहले ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ