arrow

ईयूको प्रतिवेदनलाई लिएर मधेसका सांसदले सत्तापक्षका सांसदसँग दोहोरी खेले

logo
प्रकाशित २०७४ चैत १२ सोमबार
laxman.JPG

काठमाडौं । युरोपेली युनियन ईयूको पर्यवेक्षण टोलीले निर्वाचनको प्रतिवेदनमा राखेको धारणाबारे संसदमा सांसदले दोहोरी खेलेका छन् ।

सोमबार बसेको संसद् बैठकमा ईयूले प्रतिवेदनमा लेखेको गरेको विषयलाई लिएर सत्तापक्ष र मधेसकेन्द्रित दलका सांसदले पक्ष–विपक्षमा कुरा राखे । ईयूको प्रतिवेदनको सत्तापक्षीय सांसदले कडा विरोध गरे । तर, मधेसकेन्द्रित दलका सांसदले  ईयूको प्रतिवेदनले लेखेको कुराको समर्थन गरेका छन् ।  

एमाले सांसद भीम रावलले युरोपेली युनियनले नेपालको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्दै प्रतिवेदन पेश गरेको भन्दै विरोध जनाए ।

मधेसकेन्द्रित दलका सांसदले भने ईयूको प्रतिवेदनको समर्थन गरेका छन् । राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले असन्तुष्टिका बीच संविधान जारी भएको भन्दै ईयूको धारणाको बचाउ गरे ।

कुनै पनि देशका नागरिकलाई परेको अन्यायको विषयमा ईयू जस्तो संस्थाले बोल्न पाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको जिकिर गर्दै उनीहरुले संविधान संशोधनमार्फत आफ्ना माग सम्बोधन हुनुपर्ने बताए । उनीहरुले संवैधानिक प्रावधानबारे ईयूले लेखेको कुरा सबैले मनन् गर्नु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ