arrow

मिलनले तारासँग गाईनः भुकम्पपिडितलाई सहयोगको लक्ष्य

logo
प्रकाशित २०७२ माघ २० बुधबार
milan-amatya.jpg.jpeg
काठमाडौं। गत बैशाखमा गएको महाभूकम्पका कारण जनजिवन कष्टकर बनेका परिवारलाई सहयोग गर्न ‘मानवताका पाईला’नामक संस्थाले सांगितिक अभियान गरेको छ। संस्थाले नुवाकोटका पीडितलाई केहि सहयोग गर्ने उद्देश्यले आईतबार राजधानीमा सांगीतिक कार्यक्रमको आयोजना गरेको हो। नेपालमा ख्याती कमाएका कलाकारहरुलाई मञ्चमा उतारेर भव्य सांगीतिक कार्यक्रम गरेको यो संस्थाले नुवाकोटको छापमा रहेका भूकम्प पीडितलाई केहि खाद्यन्य र लत्ता कपडा सहयोग गर्ने जनाएको छ।
 
अहिलेकी चर्चित अनि ब्यस्त गायिका मिलन अमात्य र नेपाली तारा प्रताप लामाले भुकम्प पिडितहरुको सहयोगको लागि आफ्नो प्रस्तुती दिएका छन्। ‘मानवताका पाइला’नामक अभियान अन्तरर्गत मिलन र प्रतापले आईतबार साँझ दरबारमार्ग स्थित नर्लिंग गज़ल आफ्ना चर्चित गीतहरु सुनाए। विशुद्ध रुपमा भुकम्प पिडितहरुको सहयोगको लागि ‘फन्ड रेज’गर्न गरिएको सांगीतिक साँझमा विभिन्न क्षेत्रका प्रतिनिधिहरु, संगीत क्षेत्रका हस्तीहरु र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।
 
गत बैसाख १२ गतेको विनासकारी भूकम्पबाट अहिलेसम्म कष्टकर जिबन बिताउन बाध्य छाप गाउँ, नुवाकोटका सर्बसाधारणहरुको सहजताका लागि मानवताका पाइला नामक अभियानले सो कार्यक्रम गरेको हो। सडकको विकटताका कारण अफ्ट्यारोसंग संघर्ष गरिरहेका छाप गाउँबासीको जीवनयापन केहि मात्रामा भएपनि सरल बनाउनका लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक नबिन कोइरालाले जानकारी गराए।
 
भूकम्पपछि छापको विद्यालय समेत भत्किन लागेको र विद्यार्थीहरुले पठनपाठन गर्न सक्ने अवस्था नरहेकाले त्यहाँको विद्यालय निर्माणका लागि पनि संस्थाले अर्को चरणमा कार्यक्रम गरेर विद्यालय निर्माण गर्ने लक्ष्य राखेको संयोजक कोइरालाले जानकारी दिए। पहिलो चरणमा छापका स्कुले विद्यार्थीलाई संस्थाले स्टेस्नरीका सामान वितरण गर्ने भएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ