arrow

नेपाल नीतिबारे भारतमा तनावः कंग्रेस आई र विजेपीबीच आरोप–प्रत्यारोप 

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
congress-bjp.jpg

काठमाडौं । नेपालसँगको सम्बन्धलाई लिएर भारतमा अनेकन बहस छलफलले विशेष प्राथमिकता पाउन थालेको छ । छिमेक नीतिमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी विजेपीको रवैयाप्रति कँग्रेस आई आक्रोशित बनेको छ । 

पछिल्ला वर्षहरुमा नेपाल–भारत सम्बन्धमा देखिएको समस्याको मूल कारण भारतीय कंग्रेसले सत्तारुढ दललाई प्रमुख दोषी मान्दै नेपालमा आफ्नै नेतृत्वको नीति सही सावित रहेको व्याख्या गरेको छ । 

अर्को तर्फ विजेपीले कंग्रेस नीतिकै कारण नेपाल भारत सम्बन्ध अहिलेसम्मकै कमजोर बन्न मद्दत पुगेको निष्कर्ष निकालेको छ । 

पछिल्ला वर्षहरुमा नेपाल चीनतर्फ ढल्केको विश्लेषण भारतीय व्यूरोक्रेसि र इन्टेलिजेन्सी व्यूरो रअको निष्कर्षले अबको सम्बन्ध नयाँ शोचबाट स्थापित हुनुपर्ने भारतीय बुद्धिजिवीहरुको विश्लेषकाबीच दुई दल आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । 

केही दिन अघि मात्र सम्पन्न कंग्रेस आइको ८४ औं महाधिवेशनले पारित गरेको विदेश नीति सम्बन्धी प्रस्तावमा नेपालसहित दक्षिण एसियाली मुलुकहरुमा चीनको बढ्दो प्रभाव कम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असफल रहेको निष्कर्ष मात्र नगरी चर्को आलोचना समेत गरेको छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र परिस्थितिबारे व्याख्या रहेको दस्तावेजमा चीनको उदयले सार्क राष्ट्रहरु प्रभावित बनेको निष्कर्ष छ । क्षेत्रीय सन्तुलनमा भारत भूमीका इतिहासकै कमजोर रहेको निष्कर्षले मोदी पूर्णरुपमा असफल रहेको भन्दै तीव्र आलोचना गरिएको छ ।

विदेश नीतिमा देखिएको स्थिरतालाई भताभुङ्ग पारेको आरोप पनि कंग्रेस आइले मोदीलाई नै लगाएको छ । राष्ट्रहित विपरित मोदीले आफूलाई केन्द्रविन्दुमा राखेको कंग्रेस आईको आरोप स्पष्ट झल्किन्छ । 

प्रधानमन्त्री मोदीको लगातारको छिमेक भ्रमणले लिने–दिनेमा सिमित राख्ने मात्र होइन, परम्परागततामा चिसोपना ल्याउने काम गरेको निष्कर्ष पनि कंग्रेस आईको रहेको छ । 

उसले प्रतिवेदनमा मोदी प्रोपोगाण्डामा मात्र सिमित रहेको उल्लेख गरेको छ । नेपाल–भारतको सदियौंदेखिको सम्बन्धमा तुषापात गराउने मुख्य आरोप मोदी नीतिलाई उसले ठहर गरेको प्रष्ट देखिन्छ । 

उसले प्रतिवेदनमा प्रष्ट शव्दमा भनेको छर्, छिमेकी देशहरूमा भारतको छवि सन् १९४७ यता सबैभन्दा बढी चकनाचुकर भएको छ । यसले विश्व र क्षेत्रीय मामिलामा भारतको भूमिका कमजोर पारिदिएको छ । विश्व तथा एशियाली देशमा भारतले कुनै पनि सार्थक भूमिका निर्वाह गर्ने चाहनालाई लागि यसले गम्भीर असर पार्नेछ।’ 

विगतमा भारतीय राष्ट्रिय कंग्रेसको सरकार हुँदा प्रभावकारी भूमिका निर्वाह गरेकालै नै चीनलाइ फैलिन रोक्दै आएको उसले ठहर गरेको छ । 

स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवारहलाल नेहरु उनीपछिकी प्रधानमन्त्री इन्दिरा गान्धी, राजीव गान्धी, पिभी नरसिंह रावदेखि मनमोहन सिंह नेतृत्वको सरकारले नेपाल नीति स्पष्ट र बलियो राखेको दलिल पनि कंग्रेसले दिएको छ । 

नेपालबारे विजेपी
कंग्रेसको आरोपमा सत्तारुढ भारतीय जनता पार्टी विजेपी अस्वीकार गर्छ । विजेपीका एक नेताले कंग्रेसले अवलम्बन गरेको नेपाल नीतिको पराकाष्ठ नै अहिलेको सम्बन्धमा चिसोपना बढाएको निष्कर्ष निकाल्छन् । 

विगतमा नेपाललाई भारतले आफू विग व्रदरका रुपमा उभ्याउँदा समस्या रहेको निष्कर्ष छ । उसले नेपाल–भारत सम्बन्ध विग व्रदर र स्मल व्रदर नभएर इक्वल व्रदरको रुपमा हेर्नुपर्ने निष्कर्ष निकालेको छ । 

दुई मुलुक समान सार्वभौम सम्पन्न हुन् भन्ने अवधारणामा नगएसम्म नेपालमा भारतप्रतिको दृष्टिकोण जनस्तरबाटै सुधार हुन नसक्ने विजेपी सम्बद्धहरुको निष्कर्ष रहेको एक नेताले बताए । 

यसैले पनि प्रधानमन्त्री मोदी नेपाल नीति परिवर्तन ल्याउन चाहन्छन्, भारतीय उच्च स्रोत भन्छ । केही साता अघि मात्र भारतीय सञ्चारमाध्यामहरुलाई बोलाएरै साउथ ब्लकले नेपाल र चीनबीचको सम्बन्ध भारतभन्दा बढ्दा रहेका जस्ता समाचार सम्प्रेषण नगर्न निर्देशन दिएको थियो । नेपाल–भारतको सम्बन्ध विशिष्टकृत रहेको तर्फ ध्यान दिन समेत भनेको चर्चा दिल्लीमा रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ