arrow

भ्रष्टाचारलाई प्रहार गर्ने नेपालीको माउ विचार

logo
खगेन्द्रराज सिटौला,
प्रकाशित २०७२ माघ २० बुधबार
khagendra-raj-sitoula.jpg.jpeg.jpeg
भ्रष्टाचारलाई प्रहार गर्ने नेपालको माउ विचार छ भन्ने नेपालका सबै नेता तथा दलहरुलाई थाहा छ तर थाहा नपाएको अभिनय गरिरहेका छन। नेपालको भ्रष्टाचार विरोधी माउ विचारले सबै खाले भ्रष्टाचार र भ्रष्टहरुलाई निचर नाचर पार्न सक्छ। यो विश्वभरको भ्रष्टाचार विरोधी साझा वैचारिक हतियार हुन सक्छ। आज याहा चर्चा यसैको गर्न खोजिएको छ। के हो त भ्रष्टाचारलाई प्रहार गर्ने नेपालको माउ विचार भनेको ?
 
“नियानिसाप बिगान्र्या भन्याको घूस दिन्या र घूस खान्या इन दुइको ता धन जीव गरिलियाको पनि पाप छैन ई राजाका(राज्यका, राज्यकेन्द्रका, राजनेताका ले) महासतुर हुन्”।  यो भ्रष्टाचार विरोधी नेपालको माउ विचार हो। नेपाल राष्ट्रका निर्माता एवं पृथ्वीनारायण शाहाले अघिसारेको हो। यो भ्रष्टाचारविरोधी आधुनिक नेपालको आदि विचार हो। राष्ट्र निर्माण गर्ने बडानेताको सुसाशन पनि निर्माण गर्ने यो बडो विचार जब व्यावहरमा आउछ तव भ्रष्टाचार पछारिन थाल्छ। भ्रष्टहरु थेचारिन थाल्छन। किनकि पृथ्वीविचार भ्रष्टाचार विरोधी साचै बलियो हतियार हो। आउनुहोस यो विचारको मर्म समातौ र भ्रष्टाचार निर्मुल पार्ने उपायाको खोजी गरौं।
 
सबैलाई थाहा भएकै हो नेपाल मात्र होइन कि विश्व नै घुसखोरी कमिशनतन्त्र र भ्रष्टाचारले अक्रान्त भएको छ। घूस, भ्रष्टाचारले मूल्य र मान्यतालाई समाप्त पारिरहेछ। राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, धार्मिक लगायत सबै क्षेत्रमा विकृति, विसंगति अराजकता र अविश्वसनीयता बढाएको छ। निमुखाले प्राप्त गर्नुपर्ने न्याय, आय विकास र समृध्दि उनीहरुको हातबाट खोसिरहेको छ। सामाजिक असमानता, भेदभाव र अशान्तिलाई बढाईरहेको छ। व्याक्ति-व्याक्तिको नैतिकतालाई स्खलित गराउदै राज्य तथा समाजका हर अंगलाई पंगु बनाएर लगिरहेछ। अझ डरलाग्दो कुरो त घूस र भ्रष्टाचारलाई राजनीतिले पछार्नु पर्नेमा उल्टो राजनीतिले नै बोकिरहेको छ संरक्षण दिईरहेछ भ्रष्टाचारलाई जताततै। भ्रष्टाचारले गर्दा मौलाएको तस्करी तथा कालोधन्धाले सिंगो मानब समाजलाई नै संकटतिर धकेलिरहेको छ। पैसाका लागि सुचना बेच्ने र राष्ट्रका दुश्मनसंग समेत साठगाठ गर्नेहरुले राष्ट्रिय सुरक्षामा समेत खतरा बढाएका छन। विखण्डनको आधार बढाएका छन जताततै विश्वभरमा।
 
घूस खाएर भ्रष्टाचारीहरुले राष्ट्रहितविपरित सौदावजी गर्न सक्छन। विदेशीहरुसंग सांठगांठ गरेर राष्ट्रहितका ठूलठूला आयोजनाहरु र उद्योगहरु चौपट पार्न सक्छन। जनताको स्वास्थ्य, शिक्षा माथि खेलबाड गर्न सक्छन। हतियार कमिसनको लोभमा युध्दको खेति गर्न सक्छन। देशका गोप्य सूचनाहरु बेच्न सक्छन। स्वच्छ राजनीतिलाई भ्रष्ट व्यवसाय बनाउन सक्छन भने स्वच्छ व्यवसायलाई बर्बादै पार्न सक्छन। राज्यका सबै अंगहरु कार्यपालिका,न्यायपालिका व्यवस्थापिका तथा चौथो अंग पत्रकारिता र राजनीति सन्चालन गर्ने दलसमेतलाई बदनाम र पथभ्रष्ट बनाउन सक्छन। सबै क्षेत्रलाई बर्बाद बनाउने घूस भ्रष्टाचार र यसका स्रोतहरुलाई निमिट्यान्न पार्न विश्वव्यापी रुपमा पृथ्वीविचारको नेतृत्वमा नयँ साझा तर सशक्त अभियानको खाचो छ।   
 
तसर्थ भ्रष्टाचारलाई सबै क्षेत्रबाट सशक्त र चोटिलो प्रहार गरेर मात्र यो विरुध्दको लडाई माथि विजय हासिल गर्न सकिन्छ। उच्च नैतिकता र मनोबलले मात्र यसका विरुध्द लडाई लडेर जित्न सकिन्छ। कुनै पनि लडाई जित्नलाई सुस्पस्ट र सशक्त वैचारिक हतियारको जरुरी हुन्छ। भ्रष्टाचारलाई तह लगाउन पृथ्वीविचारभन्दा बलियो वैचारिक हतियार विश्वमा विरलै होला। तसर्थ भ्रष्टाचाररुपी मानव श्रृजित सामाजिक रोगको उपचार पुथ्वीविचार नै हो भन्ने सत्य बुझ्नु कति पनि ढिलो गर्नु हुदैन। भ्रष्टाचार विरुध्दको लडाइमा होमिन चाहने जो कोहीले पनि पृथ्वीविचारलाई वैचारिक अश्त्रकारुपमा लिनै पर्दछ। भ्रष्टाचारीहरुको भ्रष्टाचारको हार तव हुन्छ जव ति माथि भ्रष्टाचारविरोधी पुथ्वीविचार सवार हुन्छ।
 
माथि नै भनियो न्याय, विकास, व्यापार, धर्म संस्कृति, समाज, राजनीति, अर्थनीति प्रशासन आदि इत्यादि सबैलाई बिगार्ने भनेको नै भ्रष्टाचार नै हो। घूस लिन-दिन वाध्य पार्ने दुवै आर्थिक अपराधीलाई राज्य र नेतृत्वको शत्रु मानेको छ पृथ्वीविचारले। यस्ता अपराधीलाई कडा सजाय दिनु भन्ने पृथ्वीनारायणको मत नै भ्रष्टाचार विरोधी पृथ्वीविचार हो। घूस र भ्रष्टाचारले अपराध गर्ने र अपराधसम्बन्धी धेरै कुरालाई ढाकछोप गर्ने हुनाले यिनीहरुलाई पृथ्वीविचारले महाअपराधी मानेको हो। त्यसैले पृथ्वीनारायणले यस्ता भ्रष्ट अपराधीहरुलाई राज्यको शत्रु ठानेको हो। यस्ता भ्रष्टहरुको सम्पति जफत गर्ने र ज्यान सजायां सम्म दिन सकिने कानूनको वकालत गर्छ पृथ्वीविचारले। सुशासन, सामाजिक न्याय, विकास, स्वच्छ राजनीति तथा अर्थतन्त्रलाई सुदृढ बनाउन र जनमुखी प्रजातन्त्रलाई सफल बनाउन घूस,भ्रष्टाचार र कमिसनतन्त्रलाई नियन्त्रण गर्न भ्रष्टाचार विरोधी पृथ्वीविचारलाई सम्मान गर्दै सकृय बनाउनै पर्दछ।
 
भ्रष्टाचार र कमिशनको सञ्जाल राष्ट्रियस्तरमा मात्र सिमित छैन। अन्तराष्ट्रियस्तरमा नै यसको सन्जाल फैलिएको छ। ठूल.ठूला भ्रष्टहरुले कालो अवैध धन अर्को मुलुकमा लुकाउन वा सेतो वैध बनाउन लान्छन। तर भ्रष्टहरुको लागि त कुनै पनि मुलुक सुरक्षित नहुनुपर्ने होइनर? हो भ्रष्टचारको लागि संसारको कुनै पनि मुलुक सुरक्षित वासस्थान हुनुहुदैन। संसारभरका सबै भ्रष्टहरुलाई लखेट्न पृथ्वीविचार संसारभर पुगेको हुनुपर्दछ।  संयुक्तराष्ट्रसंघ मार्फत पृथ्वीविचार उसका सबै सदस्यराष्ट्रमा पुग्नुपर्दछ र भ्रष्टचार विरोधी लडाइमा सामेल हुनुपर्दछ। जव सबै मुलुकमा भ्रष्टाचार विरोधी कडा कानुन बन्छ तव त्यहां पृथ्वीविचार पुगेको मानिने छ।
 
संयुक्त राष्ट्रसंघ वा भ्रष्टाचार विरोधी अन्तराष्ट्रिय निकाय पृथ्वीविचारले निर्देशित हुनुपर्दछ। भ्रष्टाचार गरेको सम्पति जफत गर्ने र ज्यान सजाया सम्म दिन सकिने कडा कानुन संयुक्त राष्ट्र संघले सबै मुलुकमा बनाउन लगाउनु पर्दछ। भ्रष्टाचार गरेको सबै कालोधन र भ्रष्ट व्याक्ति सम्बन्धित मुलुकमा फर्काउने सन्धी संझौता सबै भ्रष्टाचार विरोधी मुलुक बिचमा हुनुपर्दछ।
 
तर विडम्बन भ्रष्टाचारको सबभन्दा बढी विरोध गर्ने र सुशासनको वकालत गरेर नथाक्ने कतिपय पश्चिमा मुलुकहरुका बैंकहरु भ्रष्टहरुका सबभन्दा सुरक्षित स्थान छन। गरिव मुलुकका गरिबहरुको गांस भ्रष्टहरुले खोसेर धनी मुलुकमा लाने अनि त्यही कालोधनको सानो अंश लिएर पश्चिमाहरु ग्रिव मुलुकमा भ्रष्टाचार विरोधी सुशासनको शिक्षा दिन आउछन। यो भन्दा व्यंग के हुनसक्छ भ्रष्टाचार विरोधी युध्दको मैदानमा। अव पश्चिमाहरुलाई भ्रष्टाचार विरोधी शिक्षा दिन पृथ्वीविचार पश्चिमा मुलुकमा पुग्नु पर्दछ र सबै भ्रष्टचार र भ्रष्टहरुलाई पछार्न थाल्नु पर्दछ।
 
नेपालका भ्रष्टाचार विरोधी विचारका बडानेता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको भ्रष्टाचार विरोधी विचारलाई बलियो कानुनी र नैतिक हतियारकोरुपमा प्रचारित गर्नुपर्दछ। एकतिर माथि भनिए जस्तो पृथ्वीविचारको मर्मनुसारको भ्रष्टाचार विरोधी कडा कानुन बनाउनु र लागु गर्नु पर्दछ। अर्कोतिर भ्रष्टाचार विरोधी जनमत बढाउन, जनताको नैतिक मनोवल उच्च बनाउन र बनाइराख्न एउटा प्रभावकारी उपाया छ। त्यो उपाया हो नेपालका सबै नोटमा राष्ट्रनिर्माताको तस्विर राख्ने हो। अनि नोटको वरीपरि घूस लिने दिने दुबै राज्यका शत्रु हुन् र तिन्को सम्पति जफत गर्नृ र ज्यान सजायां दिदा पनि पाप लाग्दैन भन्ने बढो उक्ति लेख्नु पर्दछ।
 
यसले भ्रष्टाचार विरोधी जनमत बढाउछ र भ्रष्टाचार घटाउन मदत गदर्छ। यस्तो सिको अरु विश्वले पनि गर्नेछन। कार्यपालिका,न्यायपालिका व्यवस्थपिका लगायत सवै कार्यलयमा भ्रष्टाचार विरोधी पृथ्वीविचारको उक्त उक्ति लेख्नु पर्दछ । भ्रष्टाचार विरोधी माउविचार पृथ्वीविचार जन्मेको मुलुक नेपालमा भ्रष्टाचार बढ्नु र सबै क्षेत्र भ्रष्टाचारले सड्नु निश्चय नै राष्ट्रिय लज्जा हो।  
 
ट्रान्सपरेन्सी इन्टरनेशनल भन्ने भ्रष्टाचार विरोधी संस्थाले पृथ्वीविचारलाई भ्रष्टाचार विरोधी नेता विचार नमाने सम्म उसको भ्रष्टाचार विरोधी लडाई अधुरो नै हुन्छ। पश्चिमाहरु आएर डलरको बाढी बगाएर राज्यका,समाजका हरेक अंगलाई भ्रष्ट बनाएर अनि तिनै भ्रष्ट अंगहरुबाट भ्रष्टाचार विरोधी अर्ति नेपाली जनतालाई सुनाएको पश्चिमाहरुलाई लखेट्ने पृथ्वीनारायणले सुनेभने के भन्लान् ?
 
भ्रष्टाचार माथि प्रहार गर्ने पृथ्वीविचारको झण्डा उठाउदै भ्रष्टाचार विरोधी सुशासनका पक्षपातिहरु एक भएर अगि बढौ र भ्रष्टाचारको विरुध्द लडौ। नेपाल राष्ट्रका निर्मातालाई अपमान गर्ने, किनारामा धकेलेर नेपाली जनको मन मस्तिस्कबाट विस्मृतिको खाडलमा जाक्न चाहने देशी विदेशीहरुको षडयन्त्रलाई नेपाली जनताको देशभक्तिपूर्ण एकताले चकानाचुर पारौं। एक ढिक्का भएर अघि बढौं। सबै विकृतिको उपचार पृथ्वीविचार सबैलाई चेतना भया।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ