arrow

हाँसको छोयलाले बुटवलसम्मका ग्राहक तान्छन् श्याम रजक (कुराकानी)

बाह्रै महिना उस्तै भीड

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
shayam_rajak_.jpg

ललितपुरको सानेपामा हाँसको छोयला भनेपछि प्रख्यात नाम हो, श्याम रजक । ललितपुरको सानेपा छेउ धोवीघाटमा पसल राखेर बसेका उनी विहान ६ बजेदेखि बेलुकी साढे ७ बजेसम्म व्यस्त हुन्छन् । छोयलाको लागि आउने ग्राहकको भीड नै थेग्न सक्दैनन् उनी । एक दिन वा एक सिजन मात्रै होइन । १२ महिना भीड उस्तै । आफ्नै घरमा शानसँग व्यवसाय गरिरहेका छन् उनी । उनीसँग बसेर कुरा गर्नै नपाइने । निकै व्यस्त रजकसँग काम गरिरहेकै समयमा यमुना भण्डारीले गरेको कुराकानीको सम्पादित अंशः   

० कति भो यो काम थालेको ?
–२७ वर्ष भइसक्यो ।

० पहिले के गर्नु हुन्थ्यो ?
–होटलमा जापानी खाना बनाउँथे ।

० अनि यो व्यापारमा कसरी लाग्नु भो ?
–म कुक हुँ । यही लाइनको मान्छे । यो त सोचिहाल्छु नि !

० कसैले सल्लाह दिए की ?
–मैले आफै सोंचे र काम सुरु गरे ।

० दिनमा कति कमाउनु हुन्छ ?
–३५ हजार कमाई हुन्छ ।

० अनि खर्च कति हुन्छ ?
–खर्च दिनमा ३० हजार हुन्छ । ३० वटा हाँस किन्नु पर्छ । त्यही विक्रि गर्ने हो ।

० अनि, फाइदा पाँच हजार मात्रै ?
–कहिले काँही पाँच, कहिले काँही ७ सम्म पुग्छ ।

० के–के बनाउनु हुन्छ, परिकार ?
–एक नम्बरमा त हाँसको छोयला । अनि, अचार, आलु, भटमास ।

० हाँस, कहाँबाट आउँछ ?
–ठेकेदारले यही ल्याइदिन्छ ।

० ग्राहक कहाँ, कहाँका तान्नु हुन्छ ?
–काठमाडौ, भक्तपुर, ठिमी, बोडेबाट त हमेसा नै आउँछन् । अनि पश्चिमको बुटवल लगायतका ठाउँबाट पनि मान्छेहरु आउँछन् ।

० तपाईको मै आउनुको खास विशेषता ?
–मैले बनाएको परिकार मन पराउँछन् । स्वादले आउँछन् । अर्कोतिर हामीकहाँ सरसफाइ पनि राम्रो छ । ताजा हुन्छ । बस्ने ठाउँपनि चिटिक्कै छ ।

० कति घण्टा खट्नु हुन्छ ?
–विहान ६ बजेबाट बेलुका साढे ७ बजेसम्म । ८ बजे बन्द गरेर हिड्छु ।

० कहाँ बस्नु हुन्छ ?
–यही घरमै हो बस्ने ।

० घरका अरु सदस्यले के गर्छन् ?
–यसैमा सघाउँछन् । यो पसलले १६–१७ जनालाई पालेको छ ।

० छोयलाको पनि सिजन हुन्छ, हो ?
–हुँदैन । सँधै एउटै हो । सिजन हुँदैन बाह्रै महिना भीड नै हुन्छ । 

० यो पसलको कमाईले सन्तुष्ट हुनुहुन्छ ?
–म खुसी छु । सबैलाई राम्ररी पुर्‍याएकै छुँ ।

० प्लेटमा कसरी बेच्नु हुन्छ ?
–ठूलोको चार सय । सानोको दुई सय ।

० योबाट के–के उपलब्धि भयो ?
–थोत्रो घर थियो नयाँ बनाए । यही पसल भएकै घर हो । पहिले पसल पनि सानो थियो । अहिले ठूलो बनाए । आफ्नै घरमा पसल राखेर आनन्दसँग व्यवसाय गरिरहेको छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ