arrow

जनप्रतिनिधिका कारण रामपुरका नगर प्रमुख हैरान

भन्छन् -नगर सभा बहिष्कार गरेको भन्न मिल्दैन

logo
सीता डोटेल,
प्रकाशित २०७४ चैत १४ बुधबार
nagar-shava.jpg

पाल्पा  । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नेकपा एमाले, माओवादी केन्द्र र जनमोर्चाका जनप्रतिनिधिहरुले सोमबार सम्पन्न दोस्रो नगर सभाको वहिष्कार गरेको भनिएपनि बहिष्कार भन्न नमिल्ने बताएका छन् ।

दोस्रो नगर सभाका बारेमा जानकारी दिने उद्देश्यले रामपुर नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख थापाले कार्यपालिकाका सदस्यहरु नगर सभामा सहभागी भएर अन्त्यमा हिडेको बताउदै यसलाई बहिष्कार भन्न नमिल्ने बताए । उनले भने “सोमबारको नगर सभा सम्पन्न संगै बहिष्कारको कुरा बाहिर आयो । यसलाई बहिष्कार भन्न मिल्दैन । सभामा नयाँ विद्येक र संशोधन विद्येक सहित बजेट प्रस्तुत सहित बहुमतले पारित हुँद सम्म सबै जना सहभागी भएकाले बहिष्कार सरासर गलत भएको बताए ।

कार्यक्रममा धन्यवाद मन्तव्य ज्ञापन हुँदै गर्दा केही साथीहरु बाहिरिनु भएको हो उनले भने–“पछि साथीहरुले बाहिर गएर विज्ञप्ती जारी गर्नु भएछ । नगर भित्रका विमत्तिका कुराहरु छलफलमा ल्याउनु पथ्र्यो ।”

 साथै नगर प्रमुख थापाले पुरक बजेट तथा ऐन एक तर्फी ढंगले ल्याएको भन्ने आरोपको खण्डन गर्दै बजेट विनियोजन तथा ऐन ल्याउन पूर्व २ दिन सम्म कार्यपालिकाको बैठकमा छलफल भएको बताए । उनले भने ‘बजेट ल्याउनु पूर्व वडा अध्यक्षहरुलाई आफ्ना वडाका आवश्यकता पहिचान गरेर योजना ल्याउन आग्रह गरेको थिएँ । त्यसैको आधारमा बजेट निर्माण गरिएको हो । राजनैतिक आस्थालाई पर राखेर जनघन्त्व र नगरका आवश्यकता हेरेर प्रत्येक वडामा बजेट रकमान्तर गरेका छौ ।’ थापाले भने “वडा नं. ५ रामपुर नगरको मुख्य केन्द्र रहेकाले पूर्वाधार निर्माणको लागि बजेट धेरै वडा नं. २ मा कम बजेट विनियोजन गरिएको छ ।” उनले नयाँ ऐन र संसोधनका सम्बन्धमा पनि कार्यपालिकामा छलफल भएर मात्र पारित गरेको बताए ।

कार्यक्रममा नगर सभाले पारित गरेका बजेट र ऐनहरुको बारेमा जानकारी दिदै रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जनप्रतिनिधीहरुको प्रवृति निन्दनीय भएको बताउँदै सिङ्गो नगरपालिकाको गरिमा र विकासमा चोट पुगेको बताए । उनले नगर भित्रका समस्यालाई छलफल बाट समाधान खोज्नु पर्ने बताए । नगर परिषद बाट बाहिरिएका नेकपा एमाले, माओवादी केन्द्र र जनमोर्चाका जनप्रतिनिधिहरुले सोमबार पत्रकार सम्मेलन गरी कांग्रेसका जनप्रतिनिधिहरुले छलफल नगरी एक तर्फी बजेट ल्याएको बताएका थिए ।

 रामपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिनेश कुमार खनालले नगरपालिकाले कार्यापालिकाका सदस्यहरुमा छलफल नै नगरी बजेट ल्याएको र बजेट ल्याउनु पूर्व कार्यपालिका सदस्यहरुलाई  सिलिङको बारेमा जानकारी नदिई एक्कासी नगर सभामा पेश भएको बताए । उनले भने “हामीले बजेट रकमान्तरको विरोध गरेका होईनौ बजेट तर्जुमा गोष्ठी र छलफलबाट ल्याईनु पर्ने हो तर एक्कसी एक तर्फी ढंगबाट ल्याईयो आगामी दिनमा नगरपालिका सच्चिएर अघि बढ्न सुझाव स्वरुप वहिष्कार गरेका हौ ।

वडा नं. १० का वडा अध्यक्ष लिल बहादुर गाहाले एक तर्फी रुपमा बजेत रकमान्तर गर्दा वडा अध्यक्षहरुको अधिकार खोसिएको बताउँदै आफ्नो अधिकार रक्षाको लागिबहिष्कार जनाए । वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेलले आगामी दिनमा नगरपालिकाको बजेट ऐन र विधि पूर्व आउनु पर्ने बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा संञ्चालन भएका योजना सम्पन्न गर्नका लागि ७ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको पुरक बजेट बहुमतले पारित गरेको थियो । जस अन्तर्गत पुँजीगत तर्फ ६ करोड ६५ लाख र चालु तर्फ ९७ लाख ५० हजार रुपैयाँ रहेको छ । नगरपालिकाले भवन निर्माण, मेसिनरी उपकरण, समपुरक कोष, कर्मचारी सेवा सुविधा, मंहंगी भत्ता लगाएतका शिर्षकका रकम बाट रकमान्तर गरेको हो  ।

  सभाले बजार अनुगमन निर्देशिका, सवारी साधन नियमावली , तालिम गोष्ठी कार्यशाला तथा अध्ययन भ्रमण खर्च निर्देशिका, पदाधिकारी आचार संहिता,  कार्यपालिकाको निर्णय आदेश प्रमाणिकरण ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, पशु स्वास्थ्य सेवा ऐन, वातावरण तथा विपद् व्यवस्थापन कार्यविधि, नगरपालिकाको प्रशासकिय कार्यविधि, रामपुर नगरपालिका फोहोर मैला व्यवस्थापन कार्यविधि नियमावली, नगरपालिका राजपत्र प्रकाशन सम्बन्धी कार्य विधि र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन गरी १२ वटा ऐन तथा नियमावली पारित गरेको छ । त्यस्तै नगरपालिका कार्यविभाजन नियमावली, नगरपालिका कार्यसम्पादन नियमावली , नगरपालिका बैठक संञ्चालन सम्बन्धी कार्य विधि, स्थानिय तहको योजना तथा बजेट तर्जुमा सम्बन्धि दिग्दर्शन, नगर सभा संञ्चालन कार्य विधी,  आर्थिक ऐन २०७४, विनियोजन ऐन गरी ७ वटा ऐन संशोधन गरेको छ ।

 नगर सभामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले संकल्प प्रस्ताव सहित रकमान्तर सार्वजनिक गरेका थिए । सभामा उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले सम्पादित प्रस्ताव , रामपुर नगरपालिकाका सचेतक तिर्थ प्रसाद पंगेनीले संशोधन सहितको प्रस्ताव र प्रवक्ता हुमनाथ न्यौपानेले अनुमोदन प्रस्ताव पेश गरेका थिए । सभाको संचालन रामपुर नगरपालिकाका प्रशासकिय आधिकृत यमेन्द्र उपाध्यायले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ