- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्दैछिन् । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक प्रतिनिधि र राष्ट्रिय सभालाई संयुक्त रुपमा संवोधन गर्दैछिन् ।
भण्डारीले बिहिबार अपरान्ह ४ बजे संसदमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले संशोधन गर्ने कार्यसूची रहेको हो ।
सम्बोधनका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
संविधानको धारा ९५ ले राष्ट्रपतिबाट संघीय संसदमा सम्बोधन गर्ने उल्लेख गरेको छ ।
संविधानको धारा १ ले राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र सदस्यको उपस्थितिका लागि आह्वान गर्न सक्ने व्यवस्था गरेको छ ।
उपधारा २ ले प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने उल्लेख गरेको छ ।