arrow

यस्तो छ राष्ट्रपतिको शीतलनिवासदेखि संसद भवन नयाँ बानेश्वरसम्मको सवारी

उपत्यकाको ट्राफिक अपरान्ह लथालिङ्ग हुने

logo
प्रकाशित २०७४ चैत १५ बिहिबार
rastrapati.JPG

काठमाडौं । संघीय संसद बैठकलाई सम्बोधन गर्ने राष्ट्रपतिको तालिकाका कारण, उपत्यकाको भित्री सडकको ट्राफिक अस्तव्यस्त हुने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार, राष्ट्रपति अपरान्ह ४ बजे संसद भवन नयाँबानेश्वर पुुग्ने तालिका भएका कारण कम्तिमा पौने ४ अघि नै राष्ट्रपति कार्यालयदेखि नयाँबानेश्वर सम्मको रुट पुरै खाली गराइने छ । अर्थात् राष्ट्रपति आउने जाने रुटमा अरु सवारी प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइने छ । राष्ट्रपति सँगै उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली पनि संसद भवन जाने भएकोले, उनीहरुको सवारी रुटका कारण थप क्षेत्रमा यातायात प्रभावित हुनेछ । 

राष्ट्रपति कार्यालयदेखि संसद भवन नयाँबानेश्वर सम्मको राष्ट्रपति सवारी रुट 
राष्ट्रपति कार्यालय शितल निवास—पानीपोखरी—रानी विभाग लैनचौर —दरबार मार्ग —रत्नपार्क बसपार्क — भद्रकाली — सिंहदरबार — माइतीघर — बबरमहल — बिजुलीबजार —एभरेष्ट होटल — नयाँबानेश्वर हुँदै संसदभवनको १ नम्बर गेटबाट प्रवेश ।

उपराष्ट्रपतिको रुटः 
उपराष्ट्रपति नन्द बहादुर पुन खानीविभागबाट करीब २०० मिटर भित्रबाट निस्किएर राष्ट्रतिको सावरीसँग खानीविभाग चोकमा भेट हुनेछ ।  

प्रधानमन्त्रीको रुट 
प्रधानमन्त्री ओली बालुवाटारबाट निस्केर पवित्र वर्कशप—शिवपुरी कलेज—पुलिस एकेडेमी हुँदै राष्ट्रपति कार्यालय अगाडीबाट, राष्ट्रपतिको सवारीसँग मिस्सिने । 

संसद भवन नयाँबानेश्वरबाट फर्किँदाको रुटः 
शरुमा राष्ट्रपति, त्यसपछि उपराष्ट्रपति र प्रधानमन्त्रीको सवारी हुनेछ सँगसँगै जस्तो । नयाँबानेश्रबाट बिजुली बजार, माइतिघर हुँदै भद्रकाली । भद्रकालीबाट काठमाडौमल—बीर अस्पताल—जमल—केशरमहल—लैनचौर । खानी विभागबाट उपराष्ट्रपति छुट्टिने । त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीको सवारी अघि बढ्ने । प्रधानमन्त्रीको सवारीले राष्ट्रपतिलाई शितलनिवास अगाडी छोडेर शिवपुरी कलेज हुँदै बालुवाटा प्रवेश गर्ने । 

कति समय हुनेछ यो रुटमा बिलम्ब ? 
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सवारी संसदभवन नयाँबानेश्वरबाट फर्किने तालिका यकिन नभएका कारण कुन बेला सडक खाली गर्ने भन्नेबारे अन्यौल रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारी, घोडाको बग्गीमा चढेर संसदमा जाने तयारी भएको छ । राष्ट्रपति बग्गीमा जाँदा अरु यातायात अरु बढी लम्बिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ